प्रधानमन्त्री केपी शर्मा ओलीको ६९औं जन्मोत्सव तेह्रथुमा
काठमाडौं ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आफनो जन्मदिन मनाउन जन्मस्थान तेह्रथुम पुगेका छन् । प्रधानमन्त्री ओली आफनो ६९औं जन्मोत्सव मनाउन तेह्थुमको आठराई गाउँपालिकामा पुगेका हुन् । प्रधानमन्त्री ओली जन्मदिन मनाउन आफ्नो क्षेत्रमा आउने भएपछि आठराई गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा विकास निर्माणका कामको शिलान्यास गर्ने भएकाले स्थानीय बिदा दिने निर्णय गरेको जनाएको छ । ओलीले आठराईको छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुस्थित मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै जन्मघरमा हुने कार्यक्रममा उनले नेपाल बैंकको शाखा कार्यालयको पनि उद्घाटन गर्नेछन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #ओलीको ६९औं जन्मोत्सव तेह्रथुमा
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्