शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री
काठमाडौं ५ फागुन । पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन्। तुम्बाहाङ्फेलाई सोमबार दिउँसा ३ बजे राष्ट्रिपति कार्यालय शितलनिवासमा सपथग्रहण गराउने तयारी गरिएको छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यावदले राजीनामा दिएपछि रिक्त रहेको मन्त्री पदमा तुम्बाहाङ्फेलाई नियुक्त गर्न लागिएको हो । तुम्बाहाम्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा कानुनमन्त्री बनाइन लागेको हो । अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन तुम्बाहाम्फेले उपसभामुखबाट ६ माघमा राजीनामा दिएकी थिइन् ।प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहालको मन्त्री बनाउने आश्वासनपछि तुम्बाहाङफेले उपसभामुखबाट राजिनामा दिएकी थिइन ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #शिवमाया तुम्बाहाङ्फे
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्