शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री

काठमाडौं ५ फागुन । पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन्। तुम्बाहाङ्फेलाई सोमबार दिउँसा ३ बजे राष्ट्रिपति कार्यालय शितलनिवासमा सपथग्रहण गराउने तयारी गरिएको छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यावदले राजीनामा दिएपछि रिक्त रहेको मन्त्री पदमा तुम्बाहाङ्फेलाई नियुक्त गर्न लागिएको हो । तुम्बाहाम्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा कानुनमन्त्री बनाइन लागेको हो । अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन तुम्बाहाम्फेले उपसभामुखबाट ६ माघमा राजीनामा दिएकी थिइन् ।प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहालको मन्त्री बनाउने आश्वासनपछि तुम्बाहाङफेले उपसभामुखबाट राजिनामा दिएकी थिइन ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #शिवमाया तुम्बाहाङ्फे
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्