Techie IT
  • ४ फागुन २०८१, आईतबार
KhojPatrika

माघे संक्रान्ति, घिउ, चाकु, तरुल, सखरखण्ड, तिलको लड्डु र खिचडी खाएर मनाइदैं


काठमाडौं १ माघ । माघे संक्रान्ति । यो नेपालको एक प्रमुख चाड हो । यस दिन विभिन्न कन्दमुललगायतका परिकार खाने प्रचलन छ । बजारमा माघे सक्रान्तिमा खाइने परिकारको कारोबार भइरहेको छ । घिउ, चाकु, तरुल, सखरखण्ड, तिलको लड्डु र खिचडी यस दिनका विशेष परिकार हुन् । माघ महिनाको पहिलो दिनलाई माघी अर्थात माघे संक्रान्ति भनिन्छ । थारु समुदायले माघी मनाउने गर्छन् । माघ मध्यहिउँदको एक महत्वपूर्ण महिना हो । यही दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछ । यही दिनलाई माघे संक्रान्ति, तलुवा संक्रान्ति र मकर संक्रान्ति पनि भन्ने गरिन्छ । माघीको दिनदेखि सूर्यको दिशा उत्तरायणतर्फ लाग्दछ,उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो बन्दै जाने देखिन्छ । यही दिनबाट हिउँद घट्दै जाने र वसन्तका साथ गर्मी बढ्दै जाने मान्यता छ । माघे सक्रान्ति विभिन्न परिकार खाएर मनाइन्छ । घिउ, चाकु, तिलको लड्डु, भुजा अर्थात मुरैको लड्डु अनि च्यूराको लड्डु, तरुल, सख्खरखण्ड, खिचडी, पिडालु, घिउमा पाकेको ढकनी आथवा खिर, या घिउमा नै बनेको मासको दाल मिसाईएको खिचडी आदी खाने खुवाउने गरिन्छ । माघीमा खाइने खानेकुराले हाम्रो शरीरमा फाइदा पु¥याउँछ । पौष्टिक पदार्थ पाइन्छ भन्ने सोचले यी खानेकुरा खान सुरु गरिएको हो । माघे सक्रान्तिका लागि बजारमा तरुल, सक्खरखण्ड चाकु तिलको लड्डु लगायतकोे व्यापार बढेको छ । अन्य समयको तुलनामा माघे संक्रान्तीको आसपास तरुल तथा सक्खरखण्डको बिक्री बढी हुने व्ष्यापारीहरुले बताए । वर्षभरीको बिक्रीको ९० प्रतिशत बिक्री यही समयमा हुने गरेको व्यापारीहरुको भनाई छ । माघ १ गतेको दिन घाममा बसेर तोरीको तेल लगाउँदा शरीरमा जाडोको असर कम हुन्छ भन्ने विश्वास छ । मौसम अनुसार यो समय जाडो हुनाले यसलाई सामाजिक सद्दभावको आधारमा पनि पुष्टि गर्न सकिन्छ । महाभारतका अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए भन्ने विश्वास पनि गरिन्छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #माघे संक्रान्ति

तपाईको कमेन्ट लेख्नुहोस्