२ सय ९८ औं पृथ्वी जयन्ती मनाइदैं
काठमाडौं २७ पुस । आइतबार २ सय ९८ औं पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विक्रम सम्वत १७ सय ७९ पुस २७ गते जन्मिएका शाहले बाइसे चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । लोकतन्त्र आएपछि औपचारिक रुपमा राष्ट्रिय एकता दिवस मनाउन छाडिएको छ । लोकतन्त्रपछि गठन भएको सरकारले एकता दिवसको बिदा कटौती गरेको थियो । राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बिभिन्न राजनीतिक दल तथा संघ संस्थाले शाहको सम्मानमा कार्यक्रम आयोजना गरेका छन् । विहान सिंहदरवारको पश्चिम ढोकामा रहेको शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । यस्तै, केही दलहरुले चियापान कार्यक्रम आयोजना गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्