कांग्रेस सभापति देउवाले जिल्ला सभापतिलाई दिए चियापानको निम्तो
काठमाडौं २४ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुलाई आफ्नो निवासमा चियापानका लागि बोलाएका छन् । सभापति देउवाले बिहिबार बुढानिलकण्ठमा भेट्न बोलाएका हुन् । बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डक्टर शशांक कोइरालाले पुस ११ गतेको केन्द्रीय कार्य समितिको बैठकको निर्णयप्रति असहमति जनाउँदै परामर्शका लागि भन्दै काठमाडौंमा जिल्ला सभापतिको भेला बोलाएका थिए । सोही भेलाका सहभागीहरूलाई सभापति देउवाले पनि भेट्न बोलाएका हुन् । उनीहरुसँग छलफल र दिवाभोज एक साथ गर्ने देउवाको तयारी छ । पार्टी कार्यालय सानेपामा तीन दिनसम्म चलेको भेला बुधबार सकिएको थियो । भेलापछि जिल्ला सभापतिले बरिष्ठ नेता पौडेल र सभापति देउवालाई आफ्ना सुझाव बुझाउने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #जिल्ला सभापतिहरुलाई
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्