एक हजार ९६ अधिकृतको माग,सामान्य प्रशासनमा ५ सय ६०
काठमाडौं २५ मंसिर । लोक सेवा आयोगले एक हजार ९६ जना अधिकृत पदका लागि विज्ञापन खुला गरेको छ । सामान्य प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि १ हजार ९६ पदका लागि बुधबार विज्ञापन खुलाएको हो । खुलातर्फ ४ सय १९ र बढुवातर्फ ३ सय २८ जनाको पदपूर्ति गरिन लागेको हो । ३ सय ४९ जना भने विभिन्न समावेशी समूहका लागि छुट्याइएको छ । प्रशासन सेवाका लागि सबैभन्दा बढी सामान्य प्रशासन समूहमा ५ सय ६० जना अधिकृतका लागि विज्ञापन प्रकाशित भएको छ । त्यसमध्ये खुल्लाबाट २ सय १६ र बढुवाबाट १ सय ६८ जनाको पदपूर्ति गरिने छ । यस्तै सो समूहमा समावेशीतर्फ महिलामा ५८, आदिवासी जनजातीमा ४८, मधेसीमा ३९, दलितमा १५, अपांगमा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको कोटा बिभाजन गरिएको छ । यसैगरी राजश्व समूहमा ६९, लेखापरीक्षण समूहमा ४२, लेखा समूहमा ३० जना अधिकृतको माग भएको छ । व्यवस्थापिका संसद सेवातर्फ २८ जना र न्याय सेवा तर्फ न्याय समूहमा २९०, कानुन समूहमा ४९ र सरकारी वकिल समूहमा २४ अधिकृतका लागि विज्ञापन खुलेको छ । परराष्ट्र सेवामा सबैभन्दा कम ४ जना अधिकृतको माग गरिएको छ ।गत वर्ष कर्मचारी समायोजनका कारण प्रशासन सेवा तर्फ पदपूर्ति नभएको हुनाले यस वर्ष धेरै संख्यामा विज्ञापन भएको हो । आन्तरिक बढुवाका लागि आवेदन दिने म्याद आगामी पुस २९ गतेसम्म छ । खुल्ला तथा समावेसी पदमा प्रतिस्पर्धा गर्नेहरुका लागि भने पुस १५ गतेसम्म म्याद दिइएको छ । दोब्बर दस्तुर तिरेर आवेदन फारम बुझाउने अन्तिम मिति भने २२ पुससम्म तोकिएको छ ।
पूरा बिज्ञापन हेर्नुहोस्
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, लाेकसेवा/जागिर, समाचार
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्