मलाई सुधार हुँदै छ अस्पतालबाट प्रधानमन्त्रीको ट्वीट
काठमाडौं १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार हुँदै गएको छ । उपचारमा संलग्न चिकित्सकले आज केहीबेर प्रधानमन्त्रीलाई हिंडाइने जनाएका छन् । बुधबार रातभर ओलीको स्वास्थ्य थप सुधार हुँदै गएको र अब उहाँलाई ठोस खानेकुरा खुवाउने तयारी गरिएको छ । प्रधानमन्त्रीले हिजो सुपसहित केही तरल पदार्थ पनि खाएको डाक्टरहरुले बताएका छन् । प्रधानमन्त्रीको पाँचौं पटक मिर्गौलाको डायलासिस समेत गरिएकाले संक्रमण नहोस भनेर उच्च सतर्कता अपनाइएको छ । आज पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझन मनमोहन सेन्टर महाराजगंजमा नेता कार्यकर्ताको भीड लागेको छ । चिकित्सकहरुले भने अहिलेसम्म कसैलाई पनि प्रधानमन्त्रीसंग भेट गर्न दिएका छैनन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा बिहीबार बिहान ट्विट गर्दै प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो राख्ने, शुभेच्छा प्रकट गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गरेका छन् । बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’ प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्