सरकारी कार्यालयबाटै हरायो करिव २ किलो सुन
काठमाडौं १ मंसिर । यतिबेला सुनको मुल्य उतारचढाब भइरहेको छ । बजारमा सुनको भाउ महंगिदा सरकारी निकायबाटै गाएब भएको १ किलो ८ सय ग्राम सुन अझै फेला परेको छ । सुन र चाँदीमा मिसावटको गुनासो बढेपछि तात्कालिन बाणिज्य तथा आपुर्ती बिभागको अनुगमन टोलीले परिक्षणका लागि पसलबाट संकलन गरेको नमुना सुन २०६९ देखी हराईरहेको छ, त्यो पनि कार्यालयबाटै । उपत्यकामा मात्रै करिब ४० सहित देशभर एक सय पसलबाट नमुना संकलन भएको अनुमान छ । एउटै पसलबाट डेढदेखि २ तोलासम्म सुनका गहना संकलन गरिएको सुन ब्यवसायीको दाबी छ । सुन नै गायव भएको सुचनापछि बास्तविकता बुझ्न हामी बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण बिभागमा पुग्यौं । ब्यवसायीले सुन हराएको आवाज उठाएपछि बिभागले कानुन उपसचिव भगवान श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरेको रहेछ । छानविन समितिका संयोजकबाट बेमतलबी जवाफ आएपछि हामी लाग्यौँ बाणिज्य बिभागका अन्य जिम्मेवार ब्यक्ती खोज्न । निर्देशक शोभाखर रेग्मीको कार्यकक्षमा पुगेर हामीले उस्तै प्रश्न सोध्यौँ, उनले पनि पत्तै नपाएको सुनाए । २०६९ पछि आपूर्ति विभागको नेतृत्व नारायणप्रसाद बिडारी, शम्भु कोइराला, गोकुल धिताल, कुमार दाहालले सम्हाले । तत्कालिन समयमा अनुगमन शाखा निर्देशकमा लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्बासे थिए । स्टोरको जिम्मा भूपेन्द्र पाण्डे र रामबहादुर थापाले लिएका थिए । जतिबेला सुन पसलमा अनुगमन हुँदा ब्यवसायीको भागाभाग नै भएको थियो । ब्यापारी पनि त्रसित भएका कारण बिभागमा सुन फिर्ता लिन पुगेनन् । कर्मचारीको सरुवा भयो । २०७५ वैशाखमा आपुर्तीलाई बाणिज्य बिभागमा मर्ज गरियो । यतिबेला पुनः सुन पसल अनुगमन गर्न बिभागले तदारुकता देखाएपछि ब्यवसायीले बिगतको सुन माग गरे । तर, सुन भेटिनु त परको कुरा बिभागमा सुन अनुगमनको फाइल नै फेला परेको छैन् । सरकारी निकायबाटै नमुना संकलनका लागि ल्याइएको बहुमुल्य सुन हराउनु सामान्य बिषय होइन्, अझ अनुगमनको तात्कालिन समयको फाईल नै हराउनुले विभागका कर्मचारीको ठूलै साँठगाँठ पुष्टि गरेको छ । आखिर करोड बढीको सुन सरकारी निकायबाटै गयो चै कहाँ ? पछिल्लो समय यहि बहानामा सुन पसलको अनुगमन प्रभावित भैरहेको छ । फायल नै गायब गरेर सुन गायब पार्नेहरुले कहिलेसम्म उन्मुक्ति पाइरहने, सरकार ?
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #हरायो करिव २ किलो सुन
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्