पटक–पटक स्थगित हुदै आएको नेकपा सचिवालय बैठक आइतबार
काठमाडौं १ मंसिर । पटक–पटक स्थगित हुदै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आइतबार बस्ने भएको छ । अपरान्ह ४ बजेपछि बस्ने बैठकमा पार्टीको प्रवास कमिटिको जिम्मेवारी तोक्ने र स्थायी समितिको बैठक बोलाउने बारेमा छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो पटक हेमोडायलसिस गरेर फर्केपछि बस्न लागेको बैठकका एजेण्डाबारे सचिवालय सदस्यहरु भने अझै अनभिज्ञ छन् । शनिबार तेस्रो पटक डायलासिस गरेपछि अध्यक्ष तथा प्रधानमन्त्री ओली आराम गरिरहनु भएको छ । यसअघि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेकपाको उच्च नेताहरुसँग पार्टी र सरकारको जिम्मेवारी हेरफेर गर्ने विषयमा छलफल गरेपनि ठोस निर्णय हुन सकेको थिएन । पुनः मृगौला प्रत्यारोपण गर्ने तयारीमा रहेका ओली कम्तीमा तीनदेखि पाँच महिना आराममा बस्नुपर्ने भएकाले त्यसअघि पार्टी तथा सरकारको जिम्मेवारी हस्तान्तरण गर्ने सोचमा रहेको बताइएको छ । त्यसका लागि नेताहरुसँग प्रारम्भिक छलफल गरेपनि सचिवालय बैठकमार्फत सहमति गराएर मात्रै सार्वजनिक गर्ने ओलीको तयारी छ । ओलीले पार्टी अध्यक्षको जिम्मेवारी पुष्पकमल दाहाललाई र कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई दिने तयारी गरेको बुझिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा सचिवालय बैठक
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्