Techie IT
  • ४ फागुन २०८१, आईतबार
KhojPatrika

त्रिविको जग्गामा गिद्धे नजर


काठमाडौं २५ कार्तिक । वि स २०३३ साल अघिसम्म त्रिभुवन विश्वविद्यालय त्रिबिको स्वामित्वमा आफ्नो जग्गा करिब ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो । अहिले ४३ बर्षपछि २ हजार ५ सय रोपनी मात्र जग्गा त्रिबिसंग बाँकी छ । मुलुककै जेठ विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटक–पटक गरी सर्वसाधारणबाट जग्गा अधिग्रहण गरेको थियो । ति जग्गा मध्ये १२ सय रोपनी भन्दा बढी जग्गा गुमिसकेको छ । विभिन्न समयमा नियुक्त भएका पदाधिकारीले पद जोगाउने ध्याउन्नमा शैक्षिक प्रयोजनको लागी संकलित जग्गा अर्कैलाई मनोमानी बाँडेपछि त्रिभुवन विश्वविद्यालय आफै कंगाल बन्ने बाटोमा देखिएको छ । झन्डै १ हजार २ सय रोपनी विभिन्न संस्थालाई बाँडिएको छ भने ९ सय ७८ रोपनी भोग चलन गर्न दिइएको छ । करिब २ सय रोपनीमा सार्वजनिक बाटो बनेको छ  । २०३३ सालमा झण्डै ४ हजार रोपनी रहेको जग्गा अहिले झण्डै आधा २ हजार ५ सय रोपनीमा खुम्चीएको छ । पछिल्लो समय सबभन्दा धेरै जग्गा बाँड्नेमा तत्कालिन उपकुलपति हिराबहादुर महर्जन छन्  । यसरी त्रिविको जग्गाको दुरुपयोग गरेको आरोप लागेका महर्जनले कानुनविपरित नभैइ नियम अनुसार नै काम गरेको जिकिर गर्छन् । आफ्नो समयमा लाइन्स क्लब र नेत्र ज्योतिलाई लिजमा दिने कुरा भएको पूर्व उपकूलपति हिराबहादुर महर्जनले स्वीकार गरे । तर, पूर्व उपकूलपतिहरुको पालामा जग्गा सरक्षण नग्रिएको भन्ने आरोप भने उनी अस्विकार गर्छन । झन्डै १ हजार २ सय रोपनी विभिन्न संस्थालाई बाँडिएको छ भने ९ सय ७८ रोपनी भोगचलन गर्न दिइएको छ । क्रिकेट मैदान बनाउन ८० रोपनी, बसपार्क र फोहर संकलनस्थललाई करिब १ सय रोपनी दिइएको छ । राधा सत्संगलाई दिइएको जग्गासँगैको करिब ३० रोपनी प्लट मेलम्ची आयोजनाका ठेकेदारलाई बाँडिएको छ । त्रिवि कर्मचारी युनियन र प्राध्यापक संघलाई करिब ५० रोपनी जग्गा दिइएको छ नेत्र ज्योति संघले १० रोपनी र नेपाल राष्ट्र बैंकले २ रोपनी जग्गा भोगचलन गरिरहेका छन् । नेपाल बैंकले मासिक १ हजार ३ सय ८५ रुपैयाँ भाडा तिर्छ । करिब २ सय रोपनी सार्वजनिक बाटो बनेको छ । आफू खुसी जग्गा वितरण गर्दै आएको त्रिविले स्थानीय तहलाइ भने कुनै जानकारी दिने गरेको छैन । आफूहरुले सम्र्पक गर्न खोज्दा त्रिविका पदाधिकारी सम्पर्कमा आउन नचाहेको कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्का बताउँछिन् । विभिन्न समयमा पद जोगाउने ध्याउन्नमा त्रिवी पदाधिकारहिरुले शैक्षिक प्रयोजनले संकलित जग्गा अर्कैलाई मनोमानी बाँडेका छन । त्रिविको जग्गामा पढाइ र अनुसन्धान हुनुपर्छ । यस्तो प्राज्ञिक क्षेत्रमा अरू संस्थाले प्रवेश पाउने र शैक्षिक सस्था भने खुँम्चदै गएमा यसको असर विद्यार्थीमा पर्ने देखिन्छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #त्रिविको जग्गामा गिद्धे नजर

तपाईको कमेन्ट लेख्नुहोस्