प्रतिनिधि र प्रदेशशभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी
काठमाडौं २४ कार्तिक । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएकाहरूको अन्तिम नामावली आइतबार प्रकाशित गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा मंसिर १४ हुने उपनिर्वाचनका लागि आयोगले कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । प्रतिनिधिसभाको १ र प्रदेशसभाको ३ रिक्त स्थानका लागि ६५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आयोगले शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उजुरी दिने समय निर्धारण गरेको थियो । आयोगले २३ गते दिउँसो साढे १ बजेसम्म उजुरीउपर जाँचबुझ गरी उम्मेदवारहरूको नामावली प्रकाशन गरिसकेको छ । आज उम्मेदवारी फिर्ता लिने समय दिएको आयोगले यो सकिएलगत्तै अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । विभिन्न कारणले रिक्त प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी मनोनयन कात्तिक २१ गते नै भइसके पनि स्थानीय तहको मनोनयन कात्तिक २७ का लागि तय गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्