Techie IT
  • ४ फागुन २०८१, आईतबार
KhojPatrika

कहाली लाग्दा सडक दुर्घटना


काठमाडौं १९ कार्तिक । हरेक वर्ष बढ्दो सवारी दुर्घटनाका कारण सर्वसाधारणको यात्रा असुरक्षित बन्दै गइरहेको छ । सवारी साधन तथा बाटोको सही व्यवस्थापन हुन नसक्दा दुर्घटनामा हरेक दिन ८ देखि ९ जनाले ज्यान गुमाइरहेका छन् । हरेक वर्ष सवारी दर्ता हुने क्रम बढ्दो छ । तर, सरकारले त्यसलाई व्यवस्थापन गर्न सकिरहेको छैन । दुर्घटना न्यूनीकरणका लागि सरकारले न त सवारीसाधनको सही व्यवस्थापन गर्न सकेको छ ।
सडक यातायात नेपालीलाई विकल्पहिन विकल्प हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो यात्राको माध्यम हो । तर, सडक यातायात असुरक्षित बन्दै गईरहेको छ । सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । आइतबार मात्र विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा २७ जानले ज्यान गुमाएका छन् । धनको क्षति त्यतीकै छ दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठुलो क्षती भईरहेको छ । नीतिगत रुपमा के परिवर्तन गर्नु पर्छ भन्ने बारेमा सबैको ध्यान जानको साटो एक अर्कालाई दोष दिनैमा व्यस्त छन् । सडक दुर्घटना हुनुमा प्रतिशतको मात्रा फरक हुनसक्ला तर दोष सबै पक्षको छ । यातायात व्यवसायी दुर्घटना हुनुको कारण सरकार दोषी भएको दावी गर्छन् । त्यति मात्रै होइन, सरकार र व्यवसायीबीच आरोप–प्रत्यारोप हुने गरेको छ । नेपाल प्रहरीले अस्तव्यस्त सडक, यात्रु र चालकको लापरबाहीका कारण दुर्घटना हुने गरेको तर्क गर्छ । सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले भने पर्याप्त प्रयास गरिरहेको प्रहरी प्रवक्ता विश्वराज पोखरेल बताउछन् । नेपाल प्रहरीका अनुसार दैनिक ८ देखि ९ जनाको संख्यामा सवारी दुर्घटना मुत्यु हुने गरेको छ । पछिल्ला बर्षहरुमा दुर्घटनामा मृत्यु हुनेको संख्या बढिरहेका छ । २०७१–२०७२ सालमा सवारी दुर्घटनामा परि २ हजार ४ जना, ७२–७३ मा २ हजार ६ जना, ७३–७४ मा २ हजार ३ सय ८४ जना, ७४–७५ मा २ हजार ५ सय ४१ जना, ७५–७६ मा २ हजार ७ सय ८९ जना, ७६–७७ मा ३ सय ३४ जनाले ज्यान गुमाएका छन् । सडक दुर्घटना हुनु र छानविन समिति बनाउनु वा राजनीतिक दलले समवेदना प्रकट गर्नु खासै नौलो विषय होइन । तर, अहिलेसम्म कति छानविन समिति बने, ती समितिले के के सुझाव दिए र ती सुझाव कार्यान्वयन गरियो कि गरिएन, यो पेचिलो प्रश्न बनेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, विचार/लेख, समाचार
ट्याग : #कहाली लाग्दा सडक दुर्घटना

तपाईको कमेन्ट लेख्नुहोस्