नवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं १९ कार्तिक । नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा सातै प्रदेशका प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरेकी हुन् । नियुक्त भएका प्रदेश प्रमुखमा सोमनाथ अधिकारी प्यासी — प्रदेश १, तिलक परियार—प्रदेश २, विष्णु प्रसाईं—प्रदेश ३, अमिक शेरचन—गण्डकी प्रदेश, धर्मनाथ यादव—प्रदेश ५, गोविन्द कनौली —कर्णाली प्रदेश र शर्मिलादेवी पन्त सुदूर पश्चिम प्रदेश रहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रदेश प्रमुख
ताजा खबर
- १काठमाडौंमा बालेन्द्र र चितवनमा रेनुको चर्चा,यो चुनावमा यसरी उदाय स्वतन्त्र उमेद्वार
- २मतदातालाई धन्यवाद दिन गाउँ पुगे नेतासँगै रुकुम मुसिकोटका मेयर महेन्द्र केसी
- ३८ वर्षअघिको बलात्कार घटना सार्वजनिक भएपछि पक्राउ परे मनोज पाण्डे
- ४आठ वर्षअघिको बलात्कार घटनाको छानविन गर्न प्रहरीले बनायो एसएसपी नेतृत्वको समिति
- ५रुकुम मुसिकोट नगरको प्रमुखमा कांग्रेसका महेन्द्र केसी विजयी, खुशीयालीमा दिनभर विजय र्याली
तपाईको कमेन्ट लेख्नुहोस्