महराविरुद्ध बिहिबार जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी
	
				
			काठमाडौं १४ कार्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराबिरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बिहिबार जिल्ला अदालत मुद्दा दायर गर्ने तयारी गरेको छ । संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरामाथि आज मुद्दा दायर गर्ने तयारी गरिएको हो । मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअनुसार मुद्दा चलाउन प्रहरीले मागदाबी सहितको अनुसन्धान प्रतिवेदन तिहार अघि नै बुझाइसकेको छ । प्रतिवेदन अध्ययनपछि आज कार्यालयले मुद्दा प्रक्रिया अघि बढाउन लागेको हो । प्रहरी परिसर काठमाडौंले १८ वर्षमाथि धेरै उमेरको महिलालाई बलात्कार प्रयास गरेमा साढे तीनदेखि पाँच वर्षसम्म कैद सजायको राय दिएको छ । साथै सार्वजनिक ओहोदाको व्यक्ति भएकाले उनीविरुद्ध त्यसमा थप ५० प्रतिशत सजाय मागदाबी पनि गरिएको छ । यस्तो मुद्दामा २६ दिनभित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ । १९ असोजमा बालुवाटारस्थित निवासबाटै महरा पक्राउ परेको आज २५ दिन हुँदैछ । असोज १२ गते डेरामा आएर आफूमाथि बलात्कार प्रयास गरेको भन्दै १८ असोजमा पीडित महिलाले उजुरी दिएपछि प्रहरीले छानविन प्रक्रिया अघि बढाएको थियो । पक्राउ परेपछि बिरामी भएका महरा २३ असोजदेखि नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #महरा मुद्दा दायर गर्ने तयारी
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
 - २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
 - ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
 - ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
 - ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल
 

				
				
				
				
				
				

तपाईको कमेन्ट लेख्नुहोस्