Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

जुवा खाल अप्रेशन, झण्डै दुई सातामा यस्तो देखियो अवस्था 


नेपालमा दशै र तिहारको समयमा अत्याधिक जुवा तास लेल्ने गरेको पाइएको छ । यो प्रचलनले बर्षेनी निरन्तरता पाउँदा कतिपयको धनदौलत र घरखेती घुमेको छ भने केही रातारात लखपती पनि बनेका छन् । तर हाम्रो कानुनले भने जुवातास खेल्ने र खेलाउनुलाई दण्डनिय अपराध भनेको छ । कतिपय स्थानमा प्रहरीले कारबाहीलाई तिब्रता दिएर जुवा तास खेल्ने र खेलाउनेलाई कानुनी कारबाही गरेपनि जुवा तासको बिक्रिति नियन्त्रणमा आउन सकिरहेको छैन । गत असोज २६ गते १८ लाख ९२ हजार रूपैयाँ नगदसहित काठमाडौंको कपनबाट २१ जुवाडे पक्राउ परे । दुई हप्ता नबित्दै गत आइतबार सम्भवत जुवा खालमै ठूलो कारोबारको रेकर्ड बनाउनेगरी महाराजगञ्जस्थित एक घरबाट २५ जना पक्राउ परे । नगद दुई करोड ६७ लाख बरामद भएको यो जुवा खालबाट ठूला ब्यवसायी, ठेकेदार सहित बिगतमा मिनि क्यासिनो सञ्चालन गरेर र मिटरब्याजमा लगानी गरेर बिवादित बनेका देखी साँढे ३३ किलो सुन काण्डमा मुछिएका व्यक्तिसम्म पक्राउ परेका छन् ।
काठमाडौंसहित देशैभर जुवातासको बिकृति बढ्दा कार्तिक महिनामा मात्रै करोडौँ नगद सहित सयौँ जुवाडे पक्राउ परेका छन् ।
२०७६ कार्तिक १ गते शुक्रबार 
कपिलवस्तु नगरपालिका– २ बर्गदवा स्थित एक घरबाट ३ लाख ४५ हजार नगद सहित १४ जुवाडे पक्राउ
२०७६ कात्तिक २ गते शनिबार
कालिकोटको खाँडाचक्र नगरपालिका–२ जितेबजारबाट करिब एक लाख १८ हजार नगद सहित १२ जना जुवाडे पक्राउ
२०७६ कार्तिक ३ गते आइतबार 
नवलपुरको देवचुली नगरपालिका ६ मुण्डेमा रहेको एक रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ, करिब १ लाख ४३ हजार नगद बरामद् ।
कैलालीको गोदाबरी नगरपालिका–७ लालपुरस्थित एक घरबाट १ लाख ५६ हजार नगद सहति २८ जुवाडे पक्राउ ।
२०७६ कार्तिक ४ गते सोमबार 
बाँकेको कोहलपुरस्थित एक होटलवाट १ लाख बाईस हजार नगद सहित ८ जुवाडे पक्राउ ।
२०७६ कार्तिक ५ गते मंगलबार
सुनसरीको इनरुवास्थित एक होटल र मोरङको कटहरीस्थित एक घरबाट जुवातास खेल्ने १३ जना पक्राउ, करिब एक लाख १८ हजार नगद बरामद
२०७६ कार्तिक ९ गते शनिबार  
पोखरा महानगरपालिका– ६ पहारीमागस्थित एक होटलबाट दश लाख ५८ हजार नगदसहित जुवाडे पक्राउ
कात्तिक १० गते आइतबार
दाङको लमही नगरपालिकास्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ ६ लाख ७८ हजार नगद बरामद ।।
नवलपरासीको देवचुली नगरपालिकास्थित एक पार्टी प्यालेसबाट ५ लाख ८० हजार नगद सहित २८ जना जुवाडे पक्राउ
पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकास्थित एक घरबाट १३ जना कौडा खेलिरहेको अवस्थामा पक्राउ साँढे पाँच लाख नगद बरामद
पूर्वी चितवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ, एक लाख ९१ हजार नगद बरामद ।
लाख घटीको कारोबार हुने दर्जनौ बढी जुवा खाल त दिनहु प्रहरी कारबाहीमा परिरहेका छन् । पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को जुवासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइने गरेपनि कानुनी कारबाही फितलो हुँदा जुवातासको बिकृति नियन्त्रण बाहिर देखिएको छ ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #जुवा खाल अप्रेशन

तपाईको कमेन्ट लेख्नुहोस्