तिहारको चौथो दिन, गाई गोरुको पुजा गरिदै

काठमाडौं ११ कार्तिक । तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरिदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता पनि भनिन्छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ । आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा–मीठा परिकार खुवाउने परम्परा छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #गाई गोरुको पुजा
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्