समयमै आयोजनाको निर्माण सक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं ६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु तोकिएको समयभन्दा अगाडी नै सम्पन्न गर्न निर्देशन दिएका छन् । बुधबार सिंहदरबारस्थित एक्सन रुमबाट बिभिन्न राष्ट्रिय गौरवको आयोजनाहरुको निर्माणको अवस्थाका बारेमा जानकारी लिदै प्रधानमन्त्री ओलीले अन्य आयोजना भन्दा राष्ट्रिय गौरवको आयोजना निकै महत्वपूर्ण रहेको भन्दै निर्धारित समयभन्दा अगाडी नै सम्पन्न हुनेगरि काम गर्न मन्त्री, सचिव, आयोजना प्रमुख लगाएतलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका योजनाहरु गौरवमय हुनुपर्ने समेत बताए । सम्बन्धित मन्त्रीलाई सँगै राखेर प्रधानमन्त्री ओलीले भिडियोमार्फ एक्सन रुमबाटै आयोजनाको अनुगमन गरे । आयोजनाहरुको निर्माण कार्य सन्तोषजनक पाइएको प्रधानमन्त्रीले बताएको ऊर्जा,जलश्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले जानकारी दिए । बुधबार प्रधानमन्त्री ओलीले पोखरा र भैरहवाका अन्तराष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, माथिल्लो तामाकोशी विधुत योजना, भेरी–बवई डाइभर्सन, रानीजमरा, सिक्टा सिंचाई योजनाको जानकारी लिएका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे बेलाबेला भिडियो कन्फ्रेन्समार्फत जानकारी लिँदै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्रीको निर्देशन
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्