जनकपुरमा गोली चल्यो, एकको मुत्यु
धनुषा ६ कार्तिक । जनकपुरमा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । वडा नम्बर १४ मुजेलिया स्थित विद्युत प्राधिकरण नजिकै गोली लागेका ४० वर्षिय मनोज साहको मृत्यु भएको छ । पैसा माग्न जाँदा उनको स्थानीय पंकज चौधरीले गोली हानी हत्या गरेका हुन् । उनीहरूको पहिलेदेखि नै लेनदेन हुने गरेको बताइएको छ । मृतक साहको शब परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पक्राउ परेका पंकजको साथबाट प्रहरीले कटुवा पेस्तोल तथा गोली बरामद गरेको छ । दुबै जना निर्माण व्यवसायी रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #जनकपुरमा गोली चल्यो
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्