कहिले बन्ला रंगशाला ? निर्माणको काम सुस्त
काठमाडौं ५ कार्तिक । १३ औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुँदैछ । काठमाडौंको दशरथ रंगशाला प्रतियोगितामा सबैभन्दा बढि प्रयोग हुने खेल स्थल हो । तर, रंगशाला मर्मतको काम अझै सकिएको छैन । नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो । भुकम्प गएको साढे चार बर्ष पुग्दा पनि पुनर्निर्माणमा भएको ढिलाईका कारण खेलकुद गतिविधि ठप्प हुँदै आएको छ । १३ औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता नै प्रभावित हुने संकेत देखिएको छ । मंसिर १५ गतेदेखि सुरु हुने प्रतियोगिता आउन अब २४ दिन मात्रै बाँकी छ । तर, दशरथ रंगशाला मर्मत कार्य भने अझै जारी छ । जब भयो राति तब बुढी ताती भनेझैँ गरी रंगशाला मर्मत कार्यलाई तिब्रता दिइएको छ । राष्ट्रिय खेलकुद परिषद्ले चिनियाँ कम्पनी सीसीआरसीलाई,.नेपाली कम्पनी एचटिसी लगाएतले निर्माण कार्य गरिरहेको छ । तर, यतिबेलासम्म रंगशाला निर्माण सकिएर तयार भइसक्नुपर्ने हो । सम्बन्धित निकायको गैर जिम्मेवारी पनि र खेलकूद क्षेत्रलाई गरिएको उपेक्षाका कारण नेपालकै इज्जत र प्रतिष्ठा जोडिएको १३ औँ दक्षिण एसियाली खेलकूद प्रतियोगितासमेत प्रभावित हुने देखिएको छ । समयमै काम नहुनुको बहाना अनेक निस्किन्छन् । यस विषयमा राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेश सिलवाललाई प्रश्न गर्दा दशैँ र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका कारण मर्मत प्रभावित भएको सदस्य सचिव रमेश सिलवाल बताउछन् । निर्माणको जिम्मा लिएको चिनियाँ र नेपालि कम्पनिद्वारा अहिले दैनिक ५५–६० जना कामदार रंगशालाको ट्रयाक निर्माण, रंग लगाउने लगायतका काममा जुटेका छन् । यो रंगशाला १३ औं साग खेलकुदकै लागि लक्ष्य बनाएर पुनर्निर्माण थालिएको बर्षौ भइसकेको छ । २०७० सालदेखि नै यो रंगशालाको पुनर्निर्माण थालिएको थियो । २०७२ सालमा आएको विनाशकारी भूकम्पले रंगशाला भत्काएपछि सिंगै नयाँ संरचना निर्माण गर्नुपर्ने भयो । अब रंगशाला कात्तिक मसान्तसम्म बनिसक्ने र तोकिएकै मितिमा साग खेलकुद हुने राखेपको दाबी छ । १६ करोडको लागतका ९० प्रतिशत काम भइसकेको राखेपको दाबि छ । अब चियर बिच्छाउने, रंगरोगन गर्ने काम मात्र बाँकी छ । रंगशालामा फुटबललगायत सम्पुर्ण खेलहरु हुनेछन् । करिब १८ देखि २० हजारको दर्शक क्षमता भएको रंगशालाको क्षमता अब पुनर्निर्माणपछि १५ हजार दर्शक क्षमताको हुनेछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, विचार/लेख, समाचार
ट्याग : #कहिले बन्ला रंगशाला
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्