Techie IT
  • ३० भदौ २०८०, शनिबार
KhojPatrika

टुंगीएन शान्ति प्रक्रिया, न्याय खोज्दै अझै भौतारिदै छन् पिडितहरु 


काठमाडौं ५ कार्तिक । द्धन्द्धकालका घटनाका पीडितले अझै न्याय पाएका छैनन् । शान्ति सम्झौतापछि द्धन्द्धकालमा बेपत्ता भएकाहरुको परिवारलाई न्याय दिने प्रतिवद्धता जनाइएपनि पिडितहरुको अवस्था उस्तै छ । पटक–पटक बनेका सरकारले पीडितलाई न्याय दिन सकेका छैनन् । युद्धकालिन मुद्दाहरुलाई निष्कर्षमा पुर्याउन  बसेको प्रमुख राजनीतिक दलहरुको बैठक पनि सोमबार विनानिष्कर्ष सकियो । यतिबेला सत्य निरुपण तथा बेपत्ता आयोगबारे बनेको विधेयक नै अलपत्र छ ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, ऊर्जामन्त्री वर्षमान पुन र पूर्वसभामुख सुवास नेम्वाङलगाति सहभागी थिए । नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच पनि युद्धकालीन मुद्दालाई कसरी निष्कर्षमा पुर्याउने भन्ने बारेमा छलफल भएको थियो । यो विषयमा लामो समयदेखि सरकार अलमलमा देखिन्छ । यता, द्धन्द्धकालका घटनाका पीडित अझै न्याय खोजिरहेका छन् । यिनी हुन गोरखाकी स्नेहा बस्नेत । उनी २ बर्षकी हुँदा बुबा बेपत्ता भए । वा बेपत्ता पारिए । नेपाली सेनामा कार्यरत स्नेहाका बुबा बेपत्ता पारिएको २१ वर्ष भइसकेको छ । छोरी स्नेहालाई अझै पनि बुबा भेटिने हो कि आश छ । बुबा बेपत्ता भएपछि आमाले पनि छोरी छोडेर अर्कैसँग विहे गरिन् । बाबु आमाको माया र साथ त पाइनन्, नै बेपत्ता भएका बुबाबो बारेमा केही जानकारी नपाउँदा थप पीडा भएको छ । स्नेहा बस्नेतले २ बर्ष अगाडि राष्ट्रिय मानव अधिकार आयोगमा न्यायका लागि निवेदन दिईन । तर आयोगले अहिलेसम्म सोधपुछ समेत गरेको छैन । त्यस्तै वेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगमा पनि न्यायको लागि गुहार माग्न पुगिन् । तर न्याय पाएकी छैनन् । उनी त एक उदाहरण मात्र हुन् । स्नेहा जस्तै पीडामा बाँचेकाहरु हजारौँ छन् । वेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगमा ३ हजार १ सय ९७ उजुरी परेको छ । आयोगका अनुसार २०७५ चैत महिना सम्म ६४ जिल्लाका २५ सय ६ वटा उजुरीको अनुसन्धान भैरहेको थियो । तर आयोग पदाधिकारीविहिन हुँदा अनुसन्धान र न्याय प्रक्रिया अवरुद्ध भएको छ । सरकारको नेतृत्वमा तत्कालिन माओवादी पनि पटक–पटक गयो । तर, यी बिषयबस्तु टुंगो लगाउन भने उसले पनि ध्यान दिएन । जसका कारण शान्ति प्रक्रियाका मुद्धा अझै पनि आलटाल मै परेका छन् ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #शान्ति सम्झौता

तपाईको कमेन्ट लेख्नुहोस्