उपत्यका फोहोरै फोहोर, बुर्मर बेकामे

काठमाडौं ५ कार्तिक । काठमाडौं उपत्यका धुवाँ धुलोले ग्रस्त छ । विश्वमा नै काठमाण्डौ प्रदुषित सहरको रुपमा चिनिन्छ । स्थानीय निकाय अर्थात काठमाण्डौ महानगरको निर्वाचनका बेला मेयरको उम्मेदवार बनेका विद्यासुन्दर शाक्यले प्रदुषित सहर काठमाडौलाई स्मार्ट सिटी बनाउने आश्वासन समेत दिए । शाक्यले नै मेयरको चुनाव पनि जिते । तर, काठमाण्डौ स्मार्ट सिटी बन्न सकेन । धुवाँ धुलो नियन्त्रण गर्न भनेर करोडौँ खर्चेर बु्रमर ल्याइयो । तर ति ब्रमरले पनि वातावरणमा सुधार ल्याउन सकेको छैन । गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गर्दै काठमाडौं महानगपालिकाले काठमाडौंलाई स्वच्छ काठमाडौं बनाउने उद्धेश्य सहित ब्रुमर संचालनमा ल्यायो । काठमाडौंका विभिन्न सडकहरुमा ब्रुमर गुडे पनि । तर, राती ८ बजेदेखि विहान ४ बजेसम्म काठमाडौंका सडक बुमरले सफा गरेपनि दिनभरी फेरी उस्तै हुन्थ्यो । अहिले पनि काठमाडौं उपत्याकाका सडकहरु धुलोमुक्त हुन सकेको छैन । महानगरले भने काठमाडौँका सडकमा भएका खाल्डाहरु र ढल व्यवस्थापन नभएको कारण ब्रुमरको प्रयोग प्रभावकारी हुन नसकेको बताउने गरेको छ । काठमाडौँ महानगरपालिकाले दैनिक रुपमा ब्रुमर चलाएर सडक सफा गरिरहे पनि निर्माणस्थलबाट आएका धुलो, हिलो, माटो र सवारीसाधनले भित्र्याउने फोहरका कारण सडक सफा देखिएको छै । जसले जनताको करबाट खरिद गरेका बुम्ररको औचित्य माथि नै प्रश्न चिन्ह खडा भएको छ । करोडौं रकम बालुवामा पानी खन्याए सरह भएको छ । यसबाट सर्वसाधारण समेत आक्रोसित छन । केही समयअघि प्रधानमन्त्री केपी ओलीले काठमाण्डौमा माक्स लागउनुनपर्ने अवस्था रहेको दावीसमेत गुर्नभएको थियो । तर अवस्था त्यस्तो छैन । महानगरपालिकाले झण्डै ११ करोड खर्चिएर ल्याएको ब्रुमरले टेकु केन्द्र बनाएर ५ वटा रुटमार्फत रिंगरोड र भित्री सडक सफा गर्दै आइरहेको छ । तर, काठमाडौं उपत्यकाका सडकहरु अन्तराष्ट्रिय मापदण्ड अनुसारका निर्माण गरिदैनन् तवसम्म फोहोर ब्यवस्थापनमा निक्कै चुनौति देखिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #बुर्मर
तपाईको कमेन्ट लेख्नुहोस्