अनुगमन सुस्त, बजारमा ब्यापक ठगी

काठमाडौं ६ असोज । चाडपर्वको माहौँल सुरु भइसकेको छ । बजारमा किनमेल गर्नेहरुको भिडभाड छ, यतिबेला । गल्ली, चोकदेखी महलसम्म उपभोक्ताको घुइचो छ । कतिपयलाई किनमेलको चटारो, कतिपयलाई मौका छोपेर टन्न कमाउने अवसर । हजार बोकेर बजार पुग्दा खाली हात नै फकुनुपर्ने नागरिकको पीडा छ । तर सरकार सधै बेमतलबी । अभाव र महंगीको त कुरै नगरौँ । सामान्य नागरिकलाई चुलो बाल्न पनि मुस्किल छ । कालोबजारीको बिगबिगी बाक्लिदै गर्दा बजार अनुगमनको नौँटङ्की पनि चलिरहेकै छ । सरकार महंगी नियन्त्रण गरेर जनतालाई राहत र सहुलियत दिने चाँही कसले ? अत्ति भयो नी आम जनताको पीडामा मौनता । बजारमा बिचौलिया र कालोबजारीयाहरुको कब्जा । छ न त तीन तहको सरकार छ । तर बजारको मनपरी रोक्न यथार्थमा कोही सक्रिय छैनन् । कतिपय नागरिक त सरकारमाथि प्रश्न गर्न थालिसके । कतै कालोबजारी गर्ने र गराउने पार्टी, नेता अनि सरकारका मान्छेहरु नै त होइनन् ? बजारै पिच्छे आफूखुसी मुल्य, उत्पादन मिति र खपत मिति समेत प्रष्ट नभएको उपभोग्य बस्तु त्यो पनि महंगो पैसा तिरेर किन्नु र खानुपर्ने बाध्यता । नेता र सरकारलाई रिझाउन सक्नेहरुले बजारमा गर्दै आएको मनपरी टुलुटुलु हरेर अनि सहेर केही पनि गर्न नसक्ने तपाई हामी जनता अझै कतिदिनसम्म चुपचाप । अन्याय र अत्याचारबिरुद्ध लडिदिने पनि तपाई हामी, शासकको शोषण, कालोबजारीयाहरुको चर्को मुल्यको मार सहने पनि हामी । कपडामा लुट, चामल, तेल, नुनदेखी लसुन र हरियो तरकारीमा पनि पाइदैन छुट । लुट्नेहरुलाई हाम्रा शासक, प्रशासक कारबाही गर्न सक्दैनन्, साईत हेरेर बजारमा उपस्थिति देखाउन गरिने अनुगमनले पनि आम जनतालाई कहिल्यै राहत दिएन । अब त हामी जनता आजित भयौँ । सरकारले नै जनतालाई राहत र सहुलियत दिलाउन छाडेर बिचौलियाको आर्थिक लाभको मतियार बनेर लुटलाई छुट दिएको भन्नेहरुको जमात पनि बढ्दै छ, सडकमा । सरकार सामान्य समस्या रोक्न बेमतलबी बन्दा आम जनताको मन रुएको छ । नेताको भर भएन, विश्वास भएन, देश र जनताको सेवाको बाहानामा आफू आफन्त र कार्यकर्ताको स्वार्थ हेर्नेहरु धेरै भए । अब हरेक नागरिक सचेत बन्नुपर्छ । बजारमा बढाइदै गरेको महंगी र चर्को मुल्यबृद्धीको बिरोध गर्नुपर्छ । तपाई हामीले पैसा खर्च गरेर किनेको वस्तु तथा उत्पादन कस्तो छ, कहिले बनेको हो, कहिलेसम्म प्रयोग गर्न मिल्छ आदी इत्यादी जान्न पाउने अधिकार तपाई हामीलाई पनि छ । सरकारको आशै आशमा निरास बन्ने होइन्, अब गलत कामको खुलेर बिरोध गरौँ । आफू पनि सचेत बनौँ अरुलाई पनि सचेत बनाऊ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, विचार/लेख, समाचार
ट्याग : #kinmel
तपाईको कमेन्ट लेख्नुहोस्