बाहनामै तरकारीको मुल्य बढ्छ
काठमाडौं ६ असोज । काठमाडौंमा तरकारीको मुल्य बढ्न बहाना मात्रै चाहिन्छ । उपभोक्ताले पत्तै नपाई तरकारीको मुल्यले आकाश छुन्छ । यस वर्ष त झन तरकारीको मूल्यवृद्धिले कीर्तिमान नै कायम गर्ने संकेत देखिएको छ । अभाव सृजना गर्ने अनि मूल्यवृद्धि गर्ने प्रवृत्ति एकातिर छ भने विचौलियाले उत्पादन गर्ने कृषक र उपभोक्तालाई ठग्ने प्रवृत्ति अर्कोतिर । काठमाडौं उपत्यकाका लागि कालिमाटी बजारमा दैनिक सात सय टनसम्म तरकारी भित्रिने गर्छ । तरकारी व्यवसायी अनुसार यस वर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेका छ । सबै आलु प्याज जस्ता धेरै प्रयोग हुने तरकारी भारतको निर्भर हुनुपर्ने भएकोले गर्दा मंगीएको व्यवसायी बताउँछन् । यसपटक असिना पानी परिरहँदा किसानले बर्से तरकारी राम्ररी लाउन पाएनन । त्यसकारण अहिले उपत्यकामा आपूर्ति घटेको र मूल्य बढेको व्यवसायीहरुको भनाई छ । एकातिर उत्पादन घट्यो, अकोतिर आयात हुने तरकारीको भाउ नै बढेर आएको व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार प्रत्येक मागअनुसार नपाएपछि बजार भाउ बढेको हो । उपभक्ताहरु भने जसरी पनि सर्वसाधारण नै ठगिने बताउँछन् । यसमा सरकारको फितलो अनुगमनका कारण पनि बिचौलियाले चलखेल गर्ने र ठग्ने मौका पाउने गरेका छन् । उत्पादिन गर्ने कृषकबाट निकै सस्तोमा खरिद गरिए पनि उपभोक्ताले किन्दासम्म मूल्य आकासिएको हुन्छ । अहिले बजारमा सबैभन्दा बढी प्याज आलुको भाउ आकासिएको छ । महिनादिनअघि ९३ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको प्याज अहिले १२५ रुपैया छ । बोडी भदौमा ८५ रुपैयाँ प्रतिकेजी थियो अहिले १२० पुगिसक्यो । च्याउ भदौमा १७५ प्रतिकेजी थियो, अहिले २२५ मा विक्रि भइरहेको छ । सबैभन्दा धेरै प्रयोग हुने आलु भदौमा प्रतिकेजी ६५ रुपैयाँ थियो अहिले ७६ रुपैयाँ पुगिसक्यो । घिउ सिमि भदौमा ८५ रहेकोमा अहिले ९५ छ भने भदौमा ६८ रुपैयाँ प्रतिकेजी विक्री भएको पर्वर अहिले ९५ छ । सबैजसो तरकारीजन्य वस्तुको मूल्य बढेको छ । न अनुगमन हुन्छ, न कालोबजारीया र विचौलियालाई कारबाही हुन्छ । सरकार उपभोक्तको समस्याप्रति गैरजिम्मेवार बनिरहेको छ ।
क्याटेगोरी : खेती किसानी, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #tarkari
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्