खुल्यो दशैं तिहारको टिकट बुकिङ, नयाँ बसपार्कमा भिड
काठमाडौं ५ असोज । दशैं, तिहारमा राजधानीबाट बाहिरिने यात्रुका लागि टिकट बुकिङ आइतबारबाट खुलेको छ । दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले सार्वजनिक यातायातको अग्रीम टिकट बुकिङ सुरु गरेको हो । गत भदै २६ गते यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महासंघसँग भएको सहमतिअनुसार बुकिङ ढिलो गरी खोलिएको हो । काठमाडौंमा कोटेश्वर, चाबहिल, गौशाला, पुरानो बसपार्क, नयाँ बसपार्क, कलंकी र सुन्धारा गरी सात ठाउँका काउन्टरबाट टिकट बुक गर्नहरुको लाइन लागेको छ ।
दशैं र तिहारमा करिब २५ लाख मानिस राजधानीबाट बाहिरीने गर्छन् । सरकारले प्रत्येक वर्ष अग्रिक टिकट खुलाउने गरेको छ । यस वर्षको टिकट बुकिङ सुरु गर्नुभन्दा अघिल्लो दिन सवारीसाधनको प्राविधिक पक्षको चेकजाँच गरियो । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा आइतबार बिहान निक्कै ठूलो भिड लागेको थियो । लामो दूरीका सार्वजनिक बस सीमित संख्यामा हुँदा दशैंमा घर जाने यात्रुले असहजता झेल्दै आइरहेका छन् । विगत वर्षदेखि नै यस्तो असुविधा झेल्ने गरेका भए पनि यसमा सुधार आउन सकेको छैन । यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष पनि सञ्चालनमा छ । सहायता कक्षले यात्रुलाई पर्ने समस्यामा सहजीकरणको काम गर्ने जनाइएको छ । बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रुले यातायात व्यवस्था विभाग वा ट्राफिक प्रहरीमा उजुरी पनि गर्न सक्ने जानकारी दिइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #ticket dashai
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्