स्वाथ्यमन्त्री उपेन्द्र यादवको बिदेश दौडधुप

काठमाडौं २ असोज । सरकारले प्रभावकारी काम नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । तर, मन्त्री बिदेश दौडधुप गर्न छोडेका छैनन् । सरकारका मन्त्री र तिनले सम्माहलेका मन्त्रालयहरुको कामलाई लिएर प्रधानमन्त्रीले समेत असन्तुष्टि जनाउदा मन्त्रीहरु विदेश भ्रमणको मोहमा किन रमाइरहेका छन् । विदेश जाने मन्त्रीहरु मध्ये सवैभन्दा धेरै विदेश जाने मन्त्रीमा पर्छन उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव । काम नगर्ने मन्त्रालयको रुपमा समेत स्वास्थ्य मन्त्रालय अग्र स्थानमा पर्छ । उपप्रधानमन्त्री यादव महिनाको एक–दुई पटक त विदेश यात्रामै हुने गरेका छन् । जसले उनले सम्हालेको महत्वपुर्ण स्वास्थ्य जनसंख्य मन्त्रालयको काम पनि निकै सुस्त भएको भन्दै आलोचना बढेको छ । पछिल्लो समय मुलुकमा डेंगुको महामारी फैलिएर ७ जना विरामीको मृत्यु भइसक्दा पनि मन्त्री यादवले यसतर्फ ध्यान दिएका छ्रैनन् । उपप्रधानमन्त्री यादव सचिवस्तरीय सहभागी हुने कार्यक्रममा समेत आफै जाने गरेको समेत टिप्पणी हुने गरेको छ । तर, मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने मन्त्रीनै जानुपर्ने कार्यक्रममा मात्रै गएको दाबी गर्छन् । स्वस्थ्यमन्त्री यादव बुधबार राती अमेरिका गएका छन् । डेंगुबारे संसदमा सांसदको प्रश्नको जवाफ पनि राम्रोसँग नदिई अमेरिका उडेका हुन । आगामी सेप्टेम्बर २२–२३ मा अमेरिकाको न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको महासभामा स्वास्थ्यको सर्वव्यापी पहुंज सम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री यादव गएका हुन् । करिव एक साता लामो अमेरिका बसाईमा मन्त्रीले अन्य विभिन्न कार्यक्रममा समेत सहभागी जनाउने मन्त्रालयले विज्ञाप्ती मार्फत जानकारी दिएको छ । यसअघि पनि सरकारले निकालेको विवरणमा सवैभन्दा धेरै विदेश जाने मन्त्रीहरुमा मन्त्री यादव पहिलोे नम्बरमा थिए । उपप्रधानमन्त्रीले समय नदिँदा मन्त्रालयका महत्वपूर्ण कामहरु रोकिएको भन्दै कर्मचारीले समेत गुनासो गर्न थालेका छन् । यसअघि मन्त्री यादव बेलायत, जेनेभा, कतार, थाइल्याण्ड, भारतसहित दर्जनभन्दा बढी देश पुगीसकेका छन् । डेंगु र स्वास्थ्यमा कर्मचारी समायोजनको समस्यालगायतका मुद्दामा आखा चिम्लिएर गरिएको विदेश शयरलाई जनस्वास्थ्यप्रतिको बेवास्ताका रुपमा किन नबुझने भन्दै चर्को बिरोध भइरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #upendra yadab
ताजा खबर
- १रुसी सेनामा २ सय नेपाली रहेको प्रधानमन्त्री प्रचण्डद्धारा जानकारी,केही युक्रेनको कब्जामा !
- २विराटनगरको मेट्रो न्युरो अस्पतालको गम्भिर लापरवाही, जिउँदो मान्छे मृत घोषणा !
- ३के हो स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा.गोविन्द केसीको जुहारी ? किन गर्दैछन् आरोप–प्रत्यारोप !
- ४चुनाव सकिएको एक बर्षमै दलहरु फेरि निर्वाचनको तयारीमा,८४ भन्दै सबै दलको दौडधुप
- ५एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
तपाईको कमेन्ट लेख्नुहोस्