नाम मात्रैको बजार अनुगमन, ठगिदै छन् उपभोक्ता
काठमाडौं २६ भदौ । राजधानीमा पानी, खाद्य तथा पेय पदार्थमा ब्यवसायी र उद्योगीले मनोमानी गरिरहेका छन् । बजार अनुगमन पनि थरीथरी । साना उद्योगमा बल मिच्याई । तर, ठूला उद्योगमा भने नरम पना । विभागले ठुला उद्योगीसँग नरम ब्यवहार देखाएपछि भने सबै छक्क परे । नेपाल डेरीले भदौ १७ देखि २३ सम्म बजारमा पठाएको रसबरीमा अखाद्य वस्तु भेटिएको भन्दै अनुगमन गर्ने पुगेको विभागको टोलीले उत्पादन हुने स्थलको अनुगमन नै नगरी नमुना परिक्षणका लागि केही सेम्पल लियो । सेम्पल लिने क्रममा नेपाल डेरीले नै सन्चालन गरेको बाहिरी बिक्री कक्षमा बेच्न राखिएका बेकरी लगायत अन्य खाद्य पदार्थ समेत उत्पादन र उपभोग गर्ने मिल्ने मिति नै नराखी धमाधम बिक्री भइरहेको थियो । अन्य स्थानमा भने थाहै नपाएको जस्तो बिभागको टोलीले गर्यो । धमाधम उत्पादन र उपभोग गर्ने मिति विना नै खाध्य पदार्थहरु बिक्री गरेको भन्दै विभागको टोलीले केही सामान जफत गर्यो । ३ दिनभित्र सन्चांलक सहित विभागमा उपस्थिति हुन निर्देशन दियो । नेपाल डेरीको खबर अनुगमन पश्चात सातदोवाटोस्थित सेल्सबेरीमा पुगेको अनुगमन टोलीले नेपाल डेरीका भदौ १७ देखि २३ गतेसम्म बजारमा आएको रसबरी माग गर्यो । दुई बटा मात्र रसबरी बाँकी रहेको थियो । जसलाई विभागको टोलीले जफत गरेको थियो ।
भाटभटेनी, विगमार्ट, सेल्सबेरी लगायत ब्यापारिक केन्द्रहरुमा आफ्ना उत्पादन बढी खपत गदै आएको नेपाल डेरीको यस्तो लापर्वाहीका कारण आम उपभोक्ताको स्वाथ्यमा यस उद्योगले गम्भीर खेलवाड गरिरहेको प्रस्ट देखिन्छ । सेल्सबेरी पछि विभागको अनुगमन टोली ललितपुरको ताल्छिखेलमा रहेको दि शेर्पाे बेकरीमा पुग्दा उस्तै फोहोर, खाद्य बस्तुमा उत्पादन र उपभोग्य गर्ने मिति नै टास नगरिएको भेटीयो । शेर्पाे बेकरीका सन्चालक गल्ती भएको भन्दै सुधार गर्ने प्रतिबद्धता जनाए । बजार अस्तब्यस्त छ । सरकारको नियन्त्रणमा छैन । ब्यवसायीले जस्तो उत्पादन गर्यो त्यस्तै खान बाध्य छन आम उपभोक्ता । अनुगमन भएन भन्दैमा उपभोक्ताको स्वाथ्यमा खेलवाड गर्ने अधिकार कसैलाई छैन् ।

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #bazar anugaman
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन

तपाईको कमेन्ट लेख्नुहोस्