अग्रिम टिकट बुकिङ खुलाउन किन आलटाल ?
काठमाडौं २६ भदौ । दशैंका लागि अग्रिम टिकट खुलाउन सरकार र ब्यवसायीले आलटाल गरिरहेका छन् । दशै आउन अव दुई साता मात्रै बाँकी रहदा पनि सरकार र ब्यवसायीले तदारुकता देखाएका छैनन् । दशैँ नजिकिदै गर्दा काठमाण्डौ उपत्यका बाहिरिने यात्रुका लागि टिकट बुकिङ खुल्ला गर्ने विषयमा कुनै छलफल भएको छैन् । यतिबेलासम्म बुकिङ खुला गरिसक्नपर्ने हो । तर सरकार र यातायात व्यवसायीबीचको विवादले बुकिङको मिति तोकिएको छैन । सरकारले भदौ २५ गतेदेखि काठमाडौ उपत्यका बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने प्रयास गरेको थियो । तर, यातायात व्यवसायीले विभिन्न असन्तुष्टी जनाएपछि उक्त मिति नाघिसक्दा पनि टिकट बुकिङको मिति तय हुन सकेको छैन । अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा एक महिना पहिले नै यातायातको अग्रीम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना शुरु हुन २० दिन मात्रै बाँकी हुँदा खुल्ने तयारी देखिएको छैन । यात्रुहरु दशैँमा घर जान नै नपाईने हो कि भन्ने चिन्तामा छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले टिकट खुलाउने विषयमा सरकारसँग छलफल गर्न बाँकी नै रहेको बताउछन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनकुमार हमालले पनि विहिबार यातायात व्यवसायीसँग छलफल गरेर बुकिङको मिति तय गर्ने बताएका छन् । ब्यवसायी र सरकारले अग्रिम टिकट बुकिङ खुलाउने विषयमा विवाद नभएको दावी गरे पनि दशैँ नजिकिदै गर्दा पनि अन्योल हुनुले दुई पक्षबीच कुरा नमिलेको आशंका गरिएको छ । ढिला भएको छैन, ढुक्क हुनुस भनेर जवाफ दिए पनि भदौ २५ गतेदेखि नै खुलाउने भनिएको अग्रिम बुकिङ नखुल्नुको पछाडि विवाद नै मुख्य कारण हो । सधै दशै आउने बित्तिकै ब्यवसायीले भाडा बढाउने शर्त राख्दै आएका कारण यो समस्या देखिरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #dashai ticket
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्