बारा र पर्सामा पुर्ननिर्माण, चिटिक्क घर
काठमाडौं २३ भदौ । २०७५ साल चैत १७ गते । देशको प्रदेश २ मा पर्ने बारा र पर्सामा टोर्नाडो नामक आँधीले बितण्डा मच्चाएको त्यो दिन् । २७ जनाले ज्यान गुमाएको र करोडौँ बराबरको जनधन क्षती भएको बारा र पर्सा बिस्तारै पुरानो अवस्थामा फर्किदैछ । सरकारले जनता आभास अभियान मार्फत प्रभावित क्षेत्रमा घर बनाएर हस्तान्तरण गर्दैगर्दा केहीमा खुसी छाएको छ भने केही घर नपाएको भन्दै निरास बनिरहेका छन् । अभिलेखमा नाम नभएका, आंशिक क्षती पुगेका र अन्यत्र घर भएकाले सरकारबाट भवन नपाएको गुनासो पनि छ । नेपाली सेनाले हस्तान्तरण गरेको घर पाउने अधिकांश स्थानीय खुसी भएका छन्, भने केही सबै घर पक्कि नगरेर बिभेद गरेजस्तो देखिएको भन्दै प्रश्न गरिरहेका छन् । सेनाले बनाएको घरमा सरेपछिको स्थानीय दंग छन् । शुरुमा बारा पर्सामा आँधीका कारण पूर्ण क्षति भएका घरधुरीको संख्या एक हजार ४ सय ५३ कायम गरिएकोमा पुनःप्रमाणिकरणबाट घटेपछि पुनर्निर्माण, पुर्नस्थापना सहजीकरण तथा समन्वय समितिको सिफारिसमा नेपाली सेनाले बारा पर्सामा ८८१ घर मात्रै निर्माण गरेको थियो ।
जुन अहिले प्रभावित क्षेत्रका स्थानीयले पाइसकेका छन् । बाराको पुरैनिया सहित फेटा, भरवलिया, र चैनपुरमा आँधीको प्रभाव धेरै थियो । पुर्ण क्षतीबाट नाम हटेका कतिपय स्थानीय अहिले पनि पालमा बस्नुपरेको भन्दै सरकारसँग गुनासो गरिरहेका छन् । पाँच महिना अघिको आँधीको क्षती र पीडा निक्कै दुखदायी थियो । यो पीडामा सरकार आफैले केही मल्हम लगाउने प्रयास गरेपनि खुसी खोसिएका सबैमा खुसी फर्काउन सकिएको छैन् । हामी सबैको चाहाना यत्ति हो बारा र पर्साका आँधी प्रभावितले राज्य भएको अनुभुती गर्न पाउन ।क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्