बारा र पर्सामा पुर्ननिर्माण, चिटिक्क घर

काठमाडौं २३ भदौ । २०७५ साल चैत १७ गते । देशको प्रदेश २ मा पर्ने बारा र पर्सामा टोर्नाडो नामक आँधीले बितण्डा मच्चाएको त्यो दिन् । २७ जनाले ज्यान गुमाएको र करोडौँ बराबरको जनधन क्षती भएको बारा र पर्सा बिस्तारै पुरानो अवस्थामा फर्किदैछ । सरकारले जनता आभास अभियान मार्फत प्रभावित क्षेत्रमा घर बनाएर हस्तान्तरण गर्दैगर्दा केहीमा खुसी छाएको छ भने केही घर नपाएको भन्दै निरास बनिरहेका छन् । अभिलेखमा नाम नभएका, आंशिक क्षती पुगेका र अन्यत्र घर भएकाले सरकारबाट भवन नपाएको गुनासो पनि छ । नेपाली सेनाले हस्तान्तरण गरेको घर पाउने अधिकांश स्थानीय खुसी भएका छन्, भने केही सबै घर पक्कि नगरेर बिभेद गरेजस्तो देखिएको भन्दै प्रश्न गरिरहेका छन् । सेनाले बनाएको घरमा सरेपछिको स्थानीय दंग छन् । शुरुमा बारा पर्सामा आँधीका कारण पूर्ण क्षति भएका घरधुरीको संख्या एक हजार ४ सय ५३ कायम गरिएकोमा पुनःप्रमाणिकरणबाट घटेपछि पुनर्निर्माण, पुर्नस्थापना सहजीकरण तथा समन्वय समितिको सिफारिसमा नेपाली सेनाले बारा पर्सामा ८८१ घर मात्रै निर्माण गरेको थियो ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्