दशैंमा अग्रिम टिकट बुकिङमा सधैं बाहानाबाजी
काठमाडौं २२ भदौ । दशैं नेपालीको महान चाड । यो आउना साथ नेपालीमा हर्ष र उमङ्ग आउँछ । तर महत्वपूर्ण चाडको समयमा सार्वजनिक यातायातको सेवा भने कहिल्यै सम्झन लायक हुँदैन । हरेक वर्षको चाडबाडका बेला यातायात व्यवसायीले अनेक बहानामा विभिन्न माग अघि सार्ने गर्छन् । यसपटक पनि त्यस्तै संकेत देखिएको छ । दशैँ नजिकिदै गर्दा काठमाण्डौ उपत्यका बाहिरिने यात्रुका लागि टिकट बुकिङ खुल्ला गर्ने विषय अन्योलमा परेको छ । भदौ २५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भनिए पनि त्यो अन्योलमा छ । सरकारले भदौ २५ गतेदेखि काठमाण्डौ उपत्यका बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने प्रयास गरेको थियो । तर यातायात व्यवसायीले विभिन्न असन्तुष्टी जनाएपछि अझै छलफल गर्नुपर्ने भएको छ । व्यवसायीले तयारी नपुगेको र वैज्ञानिक भाडा समायोजनको विषय सम्बोधन नभएको भन्दै २५ गते बुकिङ खोल्न नमानेका हुन् । २०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायी असन्तुष्ट छन् । तर माग यथावत रहे पनि भाडा समायोजन नभएकै कारण अग्रिम टिकट बुकिङ खुला गर्न भने समस्या नहुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउछन् । अन्य धेरै मागहरुका विषयमा भने सरकार सकारात्मक हुनुपर्ने व्यवसायीको तर्क छ । दशैँ नजिकिदै गर्दा आफूहरु अग्रिम टिकट बुकिङ खुला गर्न तयार भए पनि सरकारले पर्याप्त तयारी नगरेको व्यवसायीको आरोप छ । यता सरकारले यातायात व्यवसायीको माग तत्काल पूरा गर्न नसकिने स्पष्ट पारेको छ । चाडपर्व अगाडि भाडा समायोजन गर्नै नसिकने सरकारको अडान छ । तर अग्रिम बुकिङ खोल्नका लागि व्यवसायीसँग जतिसक्दो चाँडो छलफल गरेर निष्कर्षमा पुगिने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । दशैँ तिहारका लागि हरेक वर्ष काठमाण्डौ उपत्यका बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुल्ने गर्छ । तर बुकिङ खोल्नुअघि सरकार र व्यवसायीबीच यस्तै विमति देखिन्छ । जसले गर्दा यात्रु अन्योलमा पर्ने गरेका छन् । काठमाडौ उपत्यकाबाट मात्रै २० लाख भन्दा बढी मानिस दशैका लागि घर जाने गर्दछन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #dashai ma ticket
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्