प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार प्रक्रिया बिहिबार सकिँदै
काठमाडौं १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ्य उपचार प्रक्रिया बिहिबार सकिने भएको छ । प्रधानमन्त्रीको रगत जाँचलगायतको रिपोर्ट आज आउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले जानकारी दिए । उनले अनुसार चिकित्सकसँगको परामर्शपछि प्रधानमन्त्री ओली शुक्रबार मध्यान्ह १२ बजेपछि स्वदेश फर्किने कार्यक्रम छ । रिपोर्टपछि चिकित्सकहरुले कुनै सुझाव दिएमा सोहीअनुसार हुने भएकोले बेलुकासम्ममा सम्पूर्ण जानकारी आउने डाक्टर अर्यालले बताए । प्रधानमन्त्री ओली यही भदौ ५ गते दोस्रोपटक स्वास्थ्य उपचारका लागि सिंगापुर जानु भएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । उनले उपचार सिंगापुरको नेसनल युनिभर्सिटी हस्पीटलमा भैरहेको छ । प्रधानमन्त्री ओलीले सिंगापुरमा नै रहेर दुईपटक भिडियो कन्फेरेन्समार्फत मन्त्रीहरुसँग छलफल गरिसकेका छन् । उनले भेट्न नेकपाका नेता बामदेव गौतम र महासचिव विष्णु पौडेल पनि सिंगापुरमै छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #kp oli
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्