प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार प्रक्रिया बिहिबार सकिँदै

काठमाडौं १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ्य उपचार प्रक्रिया बिहिबार सकिने भएको छ । प्रधानमन्त्रीको रगत जाँचलगायतको रिपोर्ट आज आउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले जानकारी दिए । उनले अनुसार चिकित्सकसँगको परामर्शपछि प्रधानमन्त्री ओली शुक्रबार मध्यान्ह १२ बजेपछि स्वदेश फर्किने कार्यक्रम छ । रिपोर्टपछि चिकित्सकहरुले कुनै सुझाव दिएमा सोहीअनुसार हुने भएकोले बेलुकासम्ममा सम्पूर्ण जानकारी आउने डाक्टर अर्यालले बताए । प्रधानमन्त्री ओली यही भदौ ५ गते दोस्रोपटक स्वास्थ्य उपचारका लागि सिंगापुर जानु भएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । उनले उपचार सिंगापुरको नेसनल युनिभर्सिटी हस्पीटलमा भैरहेको छ । प्रधानमन्त्री ओलीले सिंगापुरमा नै रहेर दुईपटक भिडियो कन्फेरेन्समार्फत मन्त्रीहरुसँग छलफल गरिसकेका छन् । उनले भेट्न नेकपाका नेता बामदेव गौतम र महासचिव विष्णु पौडेल पनि सिंगापुरमै छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #kp oli
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्