भिडियोबाटै प्रधानमन्त्री ओली मन्त्रीपरिषद बैठकमा
काठमाडौं ९ भदौ । उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठकको अध्यक्षता गरेका छन् । सोमबार सिंहदरबारमा पहिलो पटक भिडियो कन्फ्रेन्स मार्फत मन्त्रिपरिषद् बैठकको अभ्यास गरिएको हो । बैठकमा मन्त्रीहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका थिए । प्रधानमन्त्री ओलीले पनि धन्यवाद दिदै स्वास्थ्य उपचार सफलता पुर्वक र राम्रो ढंगले अघि बढेको जानकारी गराए । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भिडियो कन्फ्रेन्सको पहिलो प्रयास सफल भएको बताए । बैठकमा मन्त्रीहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्नुको साथै आ–आफ्नो मन्त्रालयगत समस्या राखेको र ती समस्यामा प्रधानमन्त्रीले पनि आवश्यक निर्देशन दिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए । भिडियो कन्फ्रेन्स मार्फत गरिएको मन्त्रीपरिषद् बैठकको भिडियो खिच्न भने दिईएको थिएन । मन्त्रिपरिषद् बैठकले नै प्रधानमन्त्री ओली सिंगापुर जानु अघि कार्यविधि संसोधन गरि भिडियो कन्फ्रेन्स मार्फत पनि मन्त्रिपरिषद् बैठक बस्ने सक्ने व्यवस्था गरिएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #mantriparisad
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्