किन आकाशे पुलको प्रयोग गर्देनन् पैदल यात्रु

काठमाडौं ५ भदौ । बिद्यालय क्षेत्र तथा अतिव्यस्त चोकहरुमा बाटो पार गर्दा हुनसक्ने दुर्घटना रोक्न राधजानीको २६ स्थानमा आकाशे पुल बनाइएको छ । १९ स्थानमा निर्माण भइरहेका छन् । तर पर्याप्त आकाशे पुल भएन भन्दै आवाज उठाउने यात्रुहरुले नै ती पुलको प्रयोग नगर्ने गरेको पाईएको छ । ‘व्यस्त चोकमा आकाशे पुल भएन’ भन्दै चर्काे आवाज उठाउने यात्रुहरुले नै पुलको प्रयोग नगर्दा दुर्घटनाको जोखिम बढेको छ । तर सबैभन्दा बढी आवश्यकता महशुस गर्दै बनाइएको जमल, रत्नपार्क, मध्यबानेश्वरलगायतका क्षेत्रका पुलहरुमा भने अधिकांश पैदलयात्रू हिड्दैनन् । उनीहरु जोखिम मोलेरै पुलमुनीबाटै बाटो काट्छन् । ती क्षेत्रमा हेर्ने हो भने, आकाशेपुलको खुट्किला चढ्न अल्छि मान्दै पैदलयात्रीहरु, तीव्र गतिमा आईरहेको सवारीको परवाह नगर्दै जेब्राक्रसिङ चिन्ह नभएको ठाँउबाटै बाटो काटिरहेका देखिन्छन् । ट्राफिक निमयको राम्रो जानकार मानिने स्कुल तथा कलेजका बिद्यार्थीहरु समेत आकाशेपुल मुनीबाट जोखिमपूर्ण रुपमा बाटो काट्छन् । पुलमुनीबाट बाटो काट्ने कतिपय पैदल यात्रूसंग हामीले प्रतिकृया लिन खोज्दा लज्जीत हुँदै यसरी तर्किएका हुन्छन् । पैदालयात्रु आफैका कारण उनीहरु जोखिममा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्त बताउछन् । पैदल यात्रुमा ट्राफिक नियमको जानकारी हुँदा पनि लापरवाहीका गर्दै जथाभावी बाटो बाट्ने गरेको उनले बताए । साधारणतया दुर्घटना हुँदा सवारी चालकलाई दोष लगाईन्छ । तर पैदालयात्रुले जथाभावी बाटो काट्दा दुर्घटना बढ्ने चालकहरु बताउँछन् । यता, यात्रुहरु भने आकाशेपुलको सिडी चढ्न अल्छी लागेर, वा छिटोको कारण पुलीबाटै बाटो काटेको बताउँछन् । हामी अधिकारको कुरा गर्छौ । तर, कर्तव्यप्रति त्यति सजग छैनौं । काठमाडौंका सडककै कुरा गरौं । सडक वारपार गर्न आकासे पुल बनेका छन् । पर्याप्त छैनन् तर पनि कतिपय स्थानमा आकासे पुल छन् । हामी त्यसको प्रयोग गर्दैनौं । केही सेकेन्डमात्र बढी समय लाग्ने गरी आकासे पुलबाट बाटो काट्दैनौं । ज्यान कै जोखिम मोलेर जथाभावी बाटो काट्ने जोखिम अव हटाउने कि ?
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, विचार/लेख, समाचार
ट्याग : #aakase pul
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्