प्रधानमन्त्री ओलीलाई भेटे भारतीय विदेशमन्त्री जयशंकरले

काठमाडौं ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा हरेका भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री जयशंकरले शिष्टाचार भेट गरेका हुन्। नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार काठमाडौं आएका जयशंकरले प्रधानमन्त्रीलाई भेटेर राजनीतिक भेटघाट सुरु गरे । भारतीय विदेशमन्त्रीको जिम्मेवारी सम्हालेपछि जयशंकरको पहिलो विदेश भ्रमण नेपाल हो ।
बुधबार बिहान सबा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका उनलाई परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए।बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पराराष्ट्र सचिव शंकरदास बैरागी, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी लगायत सहभागी थिए।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #pm jayasankar
ताजा खबर
- १सर्बोच्चले उल्टाइदियो पूर्वडीआईजी रञ्जन कोइरालाको फैसला, जन्मकैद कायम
- २सर्बोच्चले लगायो बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक,विकल्प खोज्न आदेश
- ३संसदमा ओलीको प्रश्नै–प्रश्नः सरकारले चुनावमा धाधली गरेकोदेखि पार्टी फुटाएकोसम्म आरोप
- ४७ सय ४९ वटा पालिकाको अन्तिम मत परिणाम आयो, काठमाडौंमा बालेनलाई विजयी घोषणा गर्न बाँकी
- ५५ वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल प्रहरी फन्दामा
तपाईको कमेन्ट लेख्नुहोस्