प्रचण्डले पनि स्वीकार गरे भ्रष्टचार बेतिथि बढिरहेको छ

हिजोसम्म हामी भन्दै थियौं, भ्रष्टाचार बढ्यो । हिजोसम्म हाम्रा कार्यक्रमका विषय थिए, बेथिति भयो । हाम्रो ध्यान थियो, जनताले दुख पाए । हाम्रो आवाज थियो, शासकसम्म आवाज पु¥याउने । हाम्रो प्रयास थियो, सुशासनको मुद्दामा शासकलाई ल्याउनु । हो, आज हामीलाई खुसी लागेको छ । हामी सन्तुष्ट बनेका छौं । कारण के हो भने सत्तारुढ नेकपाका अध्यक्षबाटै भ्रष्टाचार बढेको बताए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर दुईमा पुगेर प्रश्नै–प्रश्न ते¥याए । उनले भने– भ्रष्टाचार बढेको बढ्यै छ । जनता झन् दुख पाएका छन् । जनताको दुखलाई सरकारले मलम पट्टी लगाएको खोई ? सुशासनको प्रत्याभूति खै ? बिकासको गति किन सुस्त ? यी सँधैका हाम्रा प्रश्न थिए र हुन् । तर अब यी प्रश्न प्रचण्डका पनि भएका छन् । हो त्यही कारणले हामी खुसी छौं । यी प्रश्न प्रदेश दुईमा गएर ते¥याए पनि देशकै साझा समस्या हुन् । साझा मुद्दा हुन् । तर हामीले प्रश्न गर्ने जति छुट छ । त्यति छुट भने प्रचण्डलाई हुने छैन । अब तपाईँले केही गर्नुपर्छ । शक्तिशाली पार्टी अध्यक्ष हुनुहुन्छ तपाई । तपाईको पार्टी सरकारमा छ । त्यसैले अबका दिनमा ती प्रश्नको समाधानतिर पनि लाग्नुस् । हाम्रो साथ रहने छ अध्यक्षज्यू । जनताले खोजेको यही हो ।
जबसम्म मास्टर प्लानसहित चुरे संरक्षण हुँदैन, तबसम्म तराईको मरुभूमिकरणको स्थायी समाधान हुदै हुदैन् । पानीको समस्या समाधान गर्न जलाशय निर्माण गरेर जलाधार बनाउनुपर्ने, बाढी रोक्न सबै खोला नालामा जनता तटबन्ध योजना ल्याउनुपर्ने जस्ता मुद्दा तपाईले उठाउनु भएको छ । जनता आवास कार्यक्रम ल्याएर झुपडीहरु हटाएर साना भएपनि पक्की घरमा रुपान्तरण, हुलाकी, रेलमार्ग, द्रुतमार्ग, सुनकोसी कमला डाइभर्सन जस्ता ठुला परियोजनामार्फत तराईलाई सुरक्षित र समृद्ध बनाउन पछि परेको स्वीकार गर्नुभएको छ । हो हाम्रो प्रश्न यहि हो अध्यक्ष ज्यू तपाईले भनेजस्तै बिकास गर्न अब ध्यान दिनुस् । तपाईले जे विषय उठाउनु भयो । त्यसमा हाम्रो सहमति छ । यथार्थ यही हो । अब काम गरेर देखाऔं । अघि बढ्नुस् । साथ मिल्छ तपाईँलाई ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विचार/लेख, समाचार
ट्याग : #prachanda
तपाईको कमेन्ट लेख्नुहोस्