नेपाल भ्रमण वर्षको तयारी किन सुस्त
काठमाडौं १ भदौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउँदैछ । पर्यटक भित्र्याउन भूमिका खेल्ने सम्पदालाई भने आकर्षित बनाउन सकेको छैन । भूकम्पपछिको पुनः निर्माणले सम्पदाहरु पुर्ववत अवस्थामा फर्किन सकेका छैनन् । यस्तो अवस्थामा नेपाल भ्रमण वर्ष सफल हुनेमा आशंका उब्जिएको छ । नेपाल भ्रमण वर्ष सुरु हुन ५ महिना मात्रै बाँकी छ । २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । अहिले वार्षिक करिब १० देखि १२ लाख पर्यटक मात्रै आउँछन् । सरकारले अहिलेको तयारीको अवस्था हेर्दा २०२० भरीमा २० लाख पर्यटक भित्रिन सम्भावना निकै कम देखिन्छ । न भूकम्पले भत्काएका सांस्कृतिक र ऐतिहासिक सम्पदा पुनः निर्माण भएको छ, न सरसफाईमा ध्यान दिइएको छ । न त प्रचारलाई प्रभावकारी नै बनाइएको छ । नेपाल आउने पर्यटकले पहिलो पाइला टेक्ने काठमाडौ हो । तर यहाँका पर्यटकीय क्षेत्र अस्तव्यस्त छन् । विभिन्न दरवार स्क्वायर, मठ मन्दिरलाई पर्यटकले हेर्न लायक बनाउन सरकारले प्रभावकारी भूमिका खेल्न सकेको छैन । यता काठमाण्डौ महानगरले भने जति काम गरेको छ भने, त्यो भन्दा राम्रो काम गरिरहेको गफ लगाएको छ । २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरिएको थियो । घोषणा अनुसार सरकारले आर्थिक वर्ष २०७५–७६ को नीति तथा कार्यक्रममा उक्त भ्रमण वर्षमा बीस लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । तर काठमाण्डौ उपत्यकामा रहेका महत्वपूर्ण सम्पदा निर्माणका लागि सरकारले खासै चासो दिएको पाईदैन । देशैभरी पनि धेरै सुधार गर्नुपर्ने आवश्यकता छ । सडक संजालदेखि सरसफाई अनि सुविधासम्पन्न होटल र खानाकोसमेत उचित व्यवस्था गर्नुपर्छ । महानगरले भने लक्ष्यअनुसार काम भएकाले २० लाख पर्यटक भित्र्याउन सफल हुने दावी गरेको छ । सन् २०११ मा नेपाल भ्रमण वर्ष मनाइएको थियो । त्यो वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएकोमा झन्डै आठ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । यसपटक मनाउन लागिएको भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्नका लागि सरकार अझै प्रतिवद्ध भएर लाग्नुको विकल्प छैन ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #bharman barsha
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्