किन खाइन्छ क्वाँटी, किन लगाइन्छ जनै ?
बिहिबार जनैपूर्णिमा पर्व । आजको दिन हिन्दु धर्माबलम्बीहरुले जनै लगाउने र डोरो बाँध्नेसँगै क्वाँटी खाने चलन पनि छ । गेडागुडीको तरकारी अरु समयमा पनि खाइने भएपनि जनैपूर्णिमामा विभिन्न ९ थरी गेडागुडीलाई भिजाएर क्वाँटी तयार गरिन्छ । नेपालको धेरैजसो क्षेत्रमा सजिलै पाइने यो खाद्य पदार्थ स्वास्थ्यका लागि पनि उतिनै फाइदाजनक मानिन्छ । जनैपूर्णिमा भन्नेबित्तिकै जसरी जनै वा रक्षाबन्धनको सम्झना हुन्छ, त्यसरी नै क्वाँटीले स्मृतिले पनि अग्रस्थान बनाउँछ । परापूर्वकालदेखि नै नेपालमा जनैपूर्णिमाका दिन क्वाँटी खाने चलन रहिआएको छ । विभिन्न नौ प्रकारका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि खाइने क्वाँटीले शक्ति र स्वाद दुवै प्रदान गर्छ । एकथरी गेडागुडीमा नभएका पोषक तत्व अर्कोथरीले पूरा गर्छ । पोषणविद् भन्छन् गेडागुडीमा टुसा उमारेर खायौं भने पोषिलोपन बढ्छ पचाउन समेत सजिलो पनि हुन्छ । गेडागुडीमा भएका पचाउन नसकिने तत्वहरु आफै हराएर जाने पोषण विद् बताउछन् । गेडागुडी भिजाएर खाँदा माछा, मासु जत्तिकै प्रोटिन प्राप्त हुनेगर्दछ । क्वाटिमा प्रोटिनका अलावा क्वाँटीमा कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फस्फोरस, मिनरल्स जस्ता मानव शरीरका लागि अति आवश्यक पोषकतत्त्व पाइने पोषणविद् उमा कोइरालाले बताइन । विशेषगरी, मिर्गौला रोगी तथा युरिक एसिडका रोगीले उमारेको क्वाँटी कम मात्रै खानु र्ने सुझाव दिन्छन् । यसो भन्दै गर्दा क्वाटि खानै नहुने भन्ने चाहि हाईन । क्वाँटीमा प्रोटिनका साथसाथै अन्नमा पाइने खाद्यवस्तुसमेत पाइने भएकाले यसको सेवन स्वास्थ्यका लागि एकदमै फाइदाजनक रहने हुन्छ । यस्तै आयूर्वेदिक चिकित्सक अच्यूत शाली घिमिरेकाले पनि क्वाटि खानु मावन स्वास्वामा निकै फईदा पुग्ने बताउछन् । उनका अनुसार क्वाटि खादा रोगप्रतिरोधात्मक क्षमता बढ्ने, कब्जियतको समस्या हटाउने मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त बनाउने स्मरणशक्ति बढेने लगाएत विभिन्न तहबाट फाईदा हुने गर्दछ । क्वाँटीलाई ४ दिनसम्म भिजाएर टुँसा उमालेर मात्र खानाले त्यसमा प्रशस्त मात्रामा प्रोटिनका साथै भिटामिन सी पनि पाउन सकिन्छ । क्वाँटी प्रोटिनको भण्डार भएकाले चाडपर्वमा मात्रै नभएर दैनिक खानेकुरामा समेत क्वाँटीलाई समावेश गर्नुर्ने आवश्यक देखिन्छ । अन्य समयभन्दा जनैपूर्णिमाका दिन क्वाँटीलाई बढी प्रथमिता दिनु भन्दा पनि अन्य समयमा अथवा दैनिक खानुपर्ने हुन्छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #janai
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्