जोखिममा काठमाडौं, दिनप्रतिदिन धसिदै
काठमाडौं उपत्यका अस्तव्यस्त छ । धेरै हिसावले जोखिममा पनि छ । सायद तपाईहरुलाई थाहा छैन होला, काठमाडौं उपत्यकाको जमिन दिनप्रतिदिन धसिदै गएको छ । हरेक वर्ष साढे १३ सेन्टिमिटरका दरले भासिँदा मानव वस्तीका लागि समस्या पनि थपिदै गएको छ । आकाशबाट हेर्दा जति मनमोहक देखिन्छ यो काठमाडौं, जमिनमा ओर्लिएपछि त्यति नै समस्याले ग्रसित छ । जनसंख्याको बढ्दो चाप र थेगिनसक्नु कंक्रिटको जंगलका कारण काठमाडौं उपत्यका धसिदै गएको छ । अर्थात् भासिन थालेको छ । त्रिभुवन विश्वविद्यालय, नास्ट र अमेरिकी संस्था युनाभले संयुक्त रुपमा गरेको पाँच वर्षे अनुसन्धानले काठमाडौं हरेक वर्ष साढे १३ सेन्टिमिटरका दरले धसिदै गएको छ । अध्ययनअनुसार पाँच वर्षको अवधीमा काठमाडौं करिब ५० सेन्टिमिटर भन्दा बढिले भासिएको छ । सबैभन्दा बढि काठमाडौंको छाउनी क्षेत्र धसिएको छ । जहाको क्षेत्र हरेक वर्ष साढे १३ सेन्टिमिटरका दरले धसिदै गएको छ । दोस्रो नम्बरमा खुमलटार क्षेत्र पर्छ । यो क्षेत्र प्रतिवर्ष ११ सेन्टीमिटरका दरले भासिँदै छ । अध्ययनका लागि जिपीएस टावर राखिएका सबैजसो क्षेत्रको जमिन भासिँदै गएको भूगर्भविद् अनन्त गजुरेल बताए ।
जमिन भासिँदा पानीको स्रोतमा सबैभन्दा बढि प्रभाव परेको छ । कीर्तिपुरमा ०५८ सालमा जमिनभन्दा आठ मिटरमुनि पानी भेटिन्थ्यो, तर ०७१ सालमा ११ मिटरमुनि मात्रै पानी भेटिएको छ । ललितपुरको लुभुमा ०५८ सालमा पानीको सतह ३० मिटर मुनी थियो भने ०७१ सालमा ४० मिटर मुनि पुगेको देखिएको छ । मुलपानीमा ०५८ सालमा ३१ मिटर मुनि पानीको सतह थियो, ०७१ सालसम्म पुग्दा ३४ मिटर मुनि पुगेको छ । भूसतहको पानी सुक्दै गएकाले नै जमिन भासिएको हो । यसले भयावह रुप लिनु अघि नै जमिन मुनिको पानीको दोहन रोक्न पहल थालिएको जलस्रोत तथा सिचाई विभागले जनाएको छ । भूमिगत जलस्रोतको दोहनकै कारण भासिन थालेको जमिन चिरा पर्नु अघि नै सचेत नभए स्थिति भयवाह हुन सक्ने विज्ञहरुको चेतावनी छ । अनुसन्धानले बेलैमा पत्ता लगाएको विषयलाई हेल्चेक्राई नगर्न र काठमाडौंमा तत्कालै पानीका अन्य स्रोतहरुको जोहो गर्न सरकार तत्पर हुन जरुरी छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #ktm jokhim
ताजा खबर
- १जेन–जी विद्रोहमाथि दमन गर्नेहरूलाई अन्तरर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्छौंः गृहमन्त्री अर्याल
- २केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छः लेखराज भट्ट
- ३राजेन्द्र लिङदेनको प्रस्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं
- ४केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य
- ५पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित



तपाईको कमेन्ट लेख्नुहोस्