Techie IT
  • ८ माघ २०८१, मंगलबार
KhojPatrika

कसरी समयमै पुर्ननिर्माण हुन्छन् पुरातात्विक सम्पदा


काठमाडौं २१ साउन । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले ध्वस्त देशका संरचनाहरु भूकम्पको ४ वर्ष पुग्दासम्म पनि पुरानो अवस्थामा आउन सकेका छैनन् । क्षतिग्रस्त ७ सय ५३ सम्पदाहरुमा निर्माण गर्नुपर्नेमा काम भने निकै सुस्त छ । सरकारले धार्मिक, साँस्कृतिक तथा पुरातात्विक सम्पदाहरु पुर्ननिर्माण ५ वर्षमा सक्ने निर्णय गरेको थियो । तर निर्धारित समयमा पुनः निर्माण नसकिने भएको छ । विनाशकारी भूकम्प गएको ४ वर्ष वितिसकेको छ । यस अवधिमा सरकारले भने जस्तो पुनः निर्माणको काम सन्तोषजनक छैन । अधिकांश सास्कृतिक सम्पदाहरु भग्नावशेष बन्ने अवस्था आइसकेको छ । बसन्तपुर दरबार, रानीपोखरी, मठमन्दिर, सत्तलहरुलगायत अन्य पुरातात्विक सम्पदाहरुको पुनः निर्माणले गति लिन सकेको छैन । सरकारले पुर्ननिर्माणको जिम्मा पुरातत्व विभाग, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, स्वदेशी तथा विदेशी दातृ निकायहरुलाई दिएको थियो । तर भूकम्पको ४ वर्ष पूरा भइसक्दासम्म पुनर्निर्माणमा खासै प्रगति हुन भने सकेको छैन । करिव ५ सयको हाराहारीमा पुरातत्व विभागलाई सम्पदाको पुर्ननिर्माण गर्ने जिम्मा पाएको छ । तर हालसम्म ३५ प्रतिशत पनि काम भएको छैन । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले विभिन्न तरिकाबाट काम भइरहे पनि ५ वर्षमा सबै सम्पदा पूर्ववत अवस्थामा फर्किने अवस्था नरहेको बताएको छ । यस वर्ष पुरातत्व विभागको मातहतमा ३ सय ८९ वटा सम्पदाहरु पुर्ननिर्माण गर्ने विभागका प्रवक्ता राम कुवँरले बताएका छन् । गत वर्ष र यस वर्ष १ सय २३ वटा पुनः निर्माणका आयोजनाहरु तय भउका छन् । त्यसैगरी २ सयको हाराहारीमा नयाँ योजना बनाइएको छ । सबै सम्पदा मौलिक संरचनामा बनाउने भनिए पनि स्रोत र सामग्रीको अभावका कारण समयमा काम गर्न नसकिएको प्रवक्ता कुँवार बताउँछन् । अबको दुई वर्षभित्र भने सम्पदा पुनः निर्माणको काम सकिने उनको दावी छ । भूकम्पबाट भत्किएका मठ मन्दिर, देवल, सत्तलजस्ता पुरातात्विक सम्पदा विदेशीको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण भइरहेका छन् । विदेशीको सहयोग सह्रानीय छ, तर क्षतिग्रस्त सम्पदा पुनस्निर्माणमा विदेशीको नेतृत्वमा काम भइरहँदा नेपाली परम्परागत ज्ञान र सीप भावी पुस्तालाई हस्तान्तरण प्रकृया रोकिन सक्छ । यससम्बन्धमा पनि ध्यान दिनु अत्यन्त जरुरी छ ।


क्याटेगोरी : देश/दुनियाँ, पर्यटन, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #sampada punnirman

तपाईको कमेन्ट लेख्नुहोस्