Techie IT
  • १ माघ २०८१, मंगलबार
KhojPatrika

कर्मचारीले पाउने भए बढेको तलव, कसको कति तलव


काठमाडौं १९ साउन । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसदका दुवै सभाका सांसदहरुको १८ प्रतिशतले मासिक तलबभत्ता वृद्धि गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले साउन १ देखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको हो । योसँगै अव बार्षिक रुपमा राज्यलाई करिव १० करोड रुपैयांभन्दा बढी व्यायभार थपिने भएको छ । सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरदां सरकारले तलब बृद्धि गरेर फेरी अर्को विवादास्पद निर्णय गरेको हो । मुलुकमा भ्रष्टचार, दण्डहिनता, अपराधका घटना रोक्न भन्दा बढी आफु र सरकारी कर्मचारीहरुको सेवा सुविधा बढाउनमात्रै केन्द्रित भएको भन्दै सडक तथा सदन सवैतिर विरोध हुदै आइरहेको छ । विहिबारको मन्त्रिपरिषद् बैठकले विशिष्ट पदाधिकारीहरूको १८ प्रतिशतले तलब वृद्धि गर्ने निर्णय गरेको हो । यसभन्दा अघि सरकारले जेठ १५ मा ल्याएको बजेटमा साउन १ देखि लागू हुने गरी राष्ट्रसेवक (कर्मचारी) हरूको तलब २० प्रतिशतले वृद्धि गरेको थियो । कार्यालय सहायकदेखि नायब सुब्बासम्मको २० र शाखा अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको थियो । राष्ट्रपति र उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू, संसदका पदाधिकारी र सांसद, संवैधानिक निकायका प्रमुख र सदस्य, सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूको तलब तथा सेवासुविधासम्बन्धी छुट्टाछुट्टै ऐन छन् । अधिकृतदेखि मुख्यसचिवसरह नै पदाधिकारीहरूको तलब १८ प्रतिशतले वृद्धि गरिएको हो । यो संगै पाँच सयभन्दा बढी संख्यामा रहेका पदाधिकारीको तलब बढ्दा राज्यको ढुकुटीमा वर्षमा १० करोड रुपैयाँभन्दा बढी व्ययभार थपिने देखिएको छ । विशिष्ट व्यत्तिहरुको न्यूनतम तलबका अतिरिक्त अरू भत्तालगायत सुविधामासमेत वृद्धि भएको छ । हाल पाइरहेको तलबमा राष्ट्रपतिको तलबमा मासिक २७ हजार ८१ रुपैयाँ वृद्धि भएको छ । राष्ट्रपतिको तलब मासिक १ लाख ५० हजार ४ सय ५० बाट बढेर १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पुगेको छ । उपराष्ट्रपतिको मासिक १९ हजार ८५ रुपैयाँ वृद्धि भएको छ । उपराष्ट्रपतिको तलब मासिक १ लाख ६ हजार ३० बाट बढेर १ लाख २५ हजार १ सय १५ रुपैयाँ पुगेको छ ।मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्रीको तलब मासिक १३ हजार ९ सय १० रुपैयाँले बढेको छ । प्रधानमन्त्रीको तलब ७७ हजार २ सय ८० बाट बढेर ९१ हजार १ सय ९० रुपैयाँ पुगेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको तलबमा ९ हजार ९ सय ४१ रुपैयाँ वृद्धिभएको छ । त्यस्तै चौथो मर्यादाक्रममा रहने, प्रधानन्यायाधीश, न्यायधिस, मन्त्री, सांसद, सभामुख, उपसभामुख, विभिन्न संवैधानिक निकायमा प्रमुखहरु, प्रधानमन्त्रीका सल्लाहकार र विभिन्न निकायमा नियुक्त हुने पदाधिकारीले तोकिएकै पद बराबर तलब सुविधा पाउनेछन् ।


क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, लाेकसेवा/जागिर
ट्याग : #tanab

तपाईको कमेन्ट लेख्नुहोस्