नेकपाका नेताहरु दुई सातासम्म चुपचाप

काठमाडौं १७ साउन । सोमबार बसेको नेकपाको सचिवालय बैठकले पनि केही निष्कर्ष निकाल्न नसकेपछि त नेताहरु नै अन्योलमा परेका छन् । जसले गर्दा अब त दुई हप्तासम्म सचिवालय बैठक नै नसस्ने भएको छ । यसबीचमा पार्टी अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल विदेश भ्रमणमा जाँदैछन् । अध्यक्षद्धय नभएका बेला झन बढि चलखेल हुने र समस्या बढ्दै जाने आशंका पनि गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र स्कुल विभागलाई लिएर उत्पन्न विवाद थप गंम्भिर र अन्यौल हँुदै गएको छ । स्कुल विभागको नेतृत्वकै विषयलाई लिएर पटक–पटक बोलाइएको सचिवालय बैठक नै अनिर्णयको बन्दी बन्यो । यसैविच पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल मंगलबार पारिवारिक भ्रमणका लागि यूएइ प्रस्तान गरेका छन भने अर्का अध्यक्ष केपी ओली पनि आगामी साउन १८ गते सिंगारपुर भ्रमणमा जाने तयारीमा छन । सत्तारुढ दल नेकपाभित्र स्कुल विभागमा नेताहरुविचको दावेदारी तिव्र भएपछि यसअघि अन्य विभागमा भएको सहमती समेत उल्टीने देखिएको छ । सोमबार बसेको सचिवलय बैठकमा पनि नेताहरुविचको रस्साकस्सी कायमै रहेपछि आगामी साउन २८ गतेसम्मको लागि बैठक स्थगित भयो । जसले नेकपाको पार्टी एकताको बांकी काम थप लम्बिने देखिएको छ । अर्को गंम्भिर कुरा त के छ भने सोमबारको सचिवालय बैठकमा सचिवालय सदस्य रामबहादुर थापाले सचिवालयमा रहेका कुनै पनि शिर्ष नेताहरुले कुनैपनि विभागको नेतृत्व नगर्ने र अन्य नेताहरुलाई दिउ भन्ने प्रस्ताव राखेपछि स्कुल विभागको विवादले थप गंम्भिर मोड लिएको छ । संगठन विभाग, विदेश विभाग निति तथा प्रतिष्ठान विभाग जस्ता मुख्य विभागहरु यसअघि पुर्वएमालेका नेताहरुले पाइसकेको छ । यही अवस्थामा स्कुल विभाग पनि पुर्वएमालेले नै दावी गरेको भन्दै पुर्वमाओवादी पक्ष रुष्ट छन । त्यसो त सोमबारको सचिवालय बैठकमा नेता थापाले त्यस्तो प्रस्ताव गर्नुमा पनि पुर्वमाओवादी पक्षकै रणनीति हुन सक्ने आंकलन गरिएको छ । अर्को तर्फ अध्यक्ष दाहाल पारिवारिक भ्रमणमा यूएइमा जानु र प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओली पनि आगामी साउन १८ मा १० दिने लामो सिंगापुर भ्रमणमा जाने तयारीले नेकपाभित्र देखिएको स्कुल विभागमा मात्रै होइन अन्य विषय तथा विभागहरुमा भएका सहमती समेत उल्टीन सक्ने संभावना छ । भने अर्को तर्फ यो १५ दिनको विचमा नेताहरुविच ठुलै चलखेल हुने निश्चित छ । किनकी सोमबार सचिवालय बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका कुराहरुलाई आधार र आकलन गर्ने हो भने पनि त्यो बुझ्न त्यति कठिन छैन । सोमबारको बैठकपछि सचिवालय सदस्य समेत रहेका प्रवक्ता श्रेष्ठले ‘केन्द्रीय नेताहरूको रुचि पनि कसको केमा छ भन्ने बुझ्नका लागि केही समय गृहकार्य गर्नुपर्ने भएकोले त्यो सकेपछि बैठक बस्छ’ भनेका थिए । बाहिरी रुपमा जे देखिएपनि भित्री रुपमा नेकपाभित्र पूर्वमाओवादी पक्ष र पूर्वएमाले पक्षविचको अडान हो र स्कुल विभागको नेतृत्व दुवै पक्षका लागि प्रतिष्ठाको विषय बनेको छ । एकले अर्कालांई छोड्न नचाहेपछि पार्टीभित्र देखिएको विवाद झन् चुलिने देखिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #nekapa
ताजा खबर
- १सर्बोच्चले उल्टाइदियो पूर्वडीआईजी रञ्जन कोइरालाको फैसला, जन्मकैद कायम
- २सर्बोच्चले लगायो बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक,विकल्प खोज्न आदेश
- ३संसदमा ओलीको प्रश्नै–प्रश्नः सरकारले चुनावमा धाधली गरेकोदेखि पार्टी फुटाएकोसम्म आरोप
- ४७ सय ४९ वटा पालिकाको अन्तिम मत परिणाम आयो, काठमाडौंमा बालेनलाई विजयी घोषणा गर्न बाँकी
- ५५ वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल प्रहरी फन्दामा
तपाईको कमेन्ट लेख्नुहोस्