सभामुख महराको आह्वानमा सर्वदलीय बैठक
काठमाडौं १६ साउन । संसदको जारी गतिरोध अन्त्यको प्रयासस्वरुप सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक आह्वान गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको संयुक्त बैठक मध्याह्नका लागि आह्वान गरेका हुन् । सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेल र राजपा कार्यकर्ता सरोज नारायण सिंह प्रहरीको गोलीबाट मारिएको घटना छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेस र राजपाले संयुक्त रुपमा संसद अवरुद्ध गर्दै आएका छन् । यसअघि सभामुख महराले गतिरोध अन्त्यका लागि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै आएका थिए । विप्लव समूहका नेता पौडेल गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका १ लखनदेहीको जंगलमा प्रहरीको गोलीबाट मारिएका थिए । उनी प्रहरीसँगको मुठभेडमा मारिएको भनेर गृहमन्त्रीले संसदमा जवाफ दिएका थिए । तर शवको प्रकृति र स्थानीयबासीको भनाइ विपरित सरकारको जवाफ आएको भन्दै सत्तारुढ सांसदले समेत सत्यतथ्य छानविनको माग गर्दै आएका छन् । विप्लव समूहले त बाटो ढुकेर पौडेलको हत्या गरिएको दाबी गर्दै आएको छ । यसैगरी सर्लाहीको ईश्वरपुर नगरपालिका १३ श्रीनगरस्थित बाँके खोलामा अवैध गिट्टी बालुवा उत्खननका क्रममा बनेको खाल्डोमा जमेको पानीमा डुबेर १२ वर्षीय बालक अमित कुमार रायको मृत्यु भएपछि स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सरोज नारायण सिंहको मृत्यु भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #samsad
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्