सभामुख महराको आह्वानमा सर्वदलीय बैठक

काठमाडौं १६ साउन । संसदको जारी गतिरोध अन्त्यको प्रयासस्वरुप सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक आह्वान गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको संयुक्त बैठक मध्याह्नका लागि आह्वान गरेका हुन् । सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेल र राजपा कार्यकर्ता सरोज नारायण सिंह प्रहरीको गोलीबाट मारिएको घटना छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेस र राजपाले संयुक्त रुपमा संसद अवरुद्ध गर्दै आएका छन् । यसअघि सभामुख महराले गतिरोध अन्त्यका लागि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै आएका थिए । विप्लव समूहका नेता पौडेल गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका १ लखनदेहीको जंगलमा प्रहरीको गोलीबाट मारिएका थिए । उनी प्रहरीसँगको मुठभेडमा मारिएको भनेर गृहमन्त्रीले संसदमा जवाफ दिएका थिए । तर शवको प्रकृति र स्थानीयबासीको भनाइ विपरित सरकारको जवाफ आएको भन्दै सत्तारुढ सांसदले समेत सत्यतथ्य छानविनको माग गर्दै आएका छन् । विप्लव समूहले त बाटो ढुकेर पौडेलको हत्या गरिएको दाबी गर्दै आएको छ । यसैगरी सर्लाहीको ईश्वरपुर नगरपालिका १३ श्रीनगरस्थित बाँके खोलामा अवैध गिट्टी बालुवा उत्खननका क्रममा बनेको खाल्डोमा जमेको पानीमा डुबेर १२ वर्षीय बालक अमित कुमार रायको मृत्यु भएपछि स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सरोज नारायण सिंहको मृत्यु भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #samsad
ताजा खबर
- १काठमाडौंमा बालेन्द्र र चितवनमा रेनुको चर्चा,यो चुनावमा यसरी उदाय स्वतन्त्र उमेद्वार
- २मतदातालाई धन्यवाद दिन गाउँ पुगे नेतासँगै रुकुम मुसिकोटका मेयर महेन्द्र केसी
- ३८ वर्षअघिको बलात्कार घटना सार्वजनिक भएपछि पक्राउ परे मनोज पाण्डे
- ४आठ वर्षअघिको बलात्कार घटनाको छानविन गर्न प्रहरीले बनायो एसएसपी नेतृत्वको समिति
- ५रुकुम मुसिकोट नगरको प्रमुखमा कांग्रेसका महेन्द्र केसी विजयी, खुशीयालीमा दिनभर विजय र्याली
तपाईको कमेन्ट लेख्नुहोस्