निर्मला हत्याको एक बर्ष, अनुसधान शुन्यमै

काठमाडौं १० साउन । नेपालको इतिहासमै सर्वाधिक चर्चामा रहेको अपराध हो, निर्मला पन्तको बलात्कारपछि हत्या । यो घटना भएको शुक्रबार एक बर्ष भएको छ । निर्मला पन्तको अपराधि पत्ता लगाउन वर्षभरी विभिन्न निकायले दबाब मुलक कार्यक्रम भइरहे । तर सरकारले अपराधमा संलग्नको सुइकोसमेत पाउन सकेको छैन । २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको भएको घटना निकै चर्चित भयो । तर लज्जास्पद विषय के भै दियो भने घटना घटेको १ बर्ष पूरा हुँदासम्म अपराधी कानुनी दायरामा आएको छैन । बलात्कारपछि हत्या भएकी निर्मलाको न्याय प्रकृयाका लागि चार वटा छानविन समिति बनाइए पनि अनुसन्धान सफल हुन सकेको छैन । गृहमन्त्री रामबहादुर थापासमेत यो घटनाको सत्य तथ्य पत्ता लाग्नेमा विश्वस्त छैनन् । निर्मला पन्त प्रकरणले त मन्त्री थापालाई यस्ता घटना रोक्न नसकिने रहेछ भन्ने अनुभूति गराईदिएको छ । हुन त यो घटना नेपालका लागि पहिलो घटना भने पक्कै होइन । अपारधका घटना दिनहुँ भइरहेका छन् । केही घटनामा संलग्न अपराधी पक्राउ परेर कानुनी कारबाही भोगिरहेका छन् । तर अन्तराष्ट्रियस्तरमासमेत चर्चा भएको निर्मला प्रकरणको सत्यतथ्य रहस्यमै हुँदा कसैलाई पनि चित्त बुझेको छैन । नेपालमा मानव अघिकार उल्ङ्घनका घटना दैनिक जसो हुने गरेको मानव अकिार आयोगको तथ्याङकमा उल्लेख छ । तर यीर यस्ता घटना घट्न नदिनको लागि सरोकारवाल निकायले के गरिरहेकोछ भन्ने चर्चाको विषय हो । राष्ट्रिय मानवअधिकार आयोगले पनि निर्मला पन्त प्रकरणको छानविन प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ । घटना भएपछि हत्यारा पत्ता लगाउनका लागि दबाबमूलक कार्यक्रम धेरै भए । एक वर्ष पुग्न लाग्दासम्म भने निर्मला काण्ड पनि सेलाउन लागेको जस्तो देखिन्छ । निर्मला जस्ता नेपालका चेलिबेटीहरु सुरक्षित रहलान र यस्ता घटनाका सिकार भएकाहरुले न्याय पाउलान भन्ने संकेतसम्म पनि पाउन सकेका छैन्न ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #nirmala hatya
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्