गोरखाको ओढारमा भेटियो १६ किलो सुन

गोरखा ९ साउन । जिल्लाको धार्चे गाउँपालिका ३ खोर्लाबेशीमा ओढारमा लुकाइएको १६ किलो सुन भेटिएको छ । चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको अवस्थामा १६ किलो सुन प्रहरीले बरामद गरेको हो । काठमाडौंमा पक्राउ परेका ब्यापारी धनकमललाई गोरखा पु¥याएपछि ओढारमा सुन देखाएको प्रहरीले जनाएको छ । ढुंगामुनि झोलाभित्र हाते रुमालले बेरेर १६ वटा बिस्कुट आकारको सुन बरामत गरिएको हो । असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा लुटेरा समूहले आक्रमण गरेको थियो । त्यसपछि धनकमल सम्पर्कविहीन भएका थिए । धनकलम हराएको जानकारी पछि उनलाई प्रहरीले खोजीरहेको थियो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #sun vetiyo
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्