स्कुल बिभागले नेकपामा चर्कियो बिवाद, सचिवालय बैठक पुनः स्थगित

काठमाडौं ९ साउन । सत्तारुढ दल नेकपामा पार्टी एकतापछि बनाउन लागिएको स्कुल बिभागको बिबाद चर्किएको छ । स्कूल विभागको नेतृत्वमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी छ । जसका पक्षमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै बिभाजित भएका छन् । दुवै नेताले आफ्नो अडान नछोड्दा एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन । पूर्व एमालेका तर्फबाट पोखरेल र पूर्व माओवादीका तर्फबाट श्रेष्ठको दाबेदारी छ । एकता प्रक्रियाको अन्तिम चरणमा रहेको भनिए पनि स्कूल विभागको नेतृत्व विवादले नेकपालाई समस्यामा पारेको छ। जसका कारण बिहिबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेताहरुबिच सहमति जुट्न नसकेपछि स्थागित भएको हो । पार्टीको वैचारिक विषयसँग सम्बन्धी स्कूल विभागको नेतृत्वमा विवाद चुलिँदा मंगलबारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #nekapa
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्