जारी भयो छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी
काठमाडौं ८ साउन । काठमाडौं जिल्ला अदालतले नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता छविराज ओझाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको छ। काठमाडौं प्रहरी परिसरमा शिल्पा र छबीका बिरुद्ध बहुबिवाहको जाहेरी दर्ता भएपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीले पक्राउ गर्न आवश्यक अनुसन्धान अगाडि बढाएको छ । छविकी जेठी श्रीमतीले बहुविवाहको मुद्धा दर्ता गराएकी हुन्। छविले शिल्पालाई चौथो श्रीमतीका रुपमा बिबाह गरेका थिए । तीन वर्षअघिदेखि सँगै रहेका छवि र शिल्पाले केही महिना अघि विवाह दर्ता गरेका थिए। केही साता अघि आफूलाई छविले घरेलु हिंसा गरेको भन्दै शिल्पा प्रहरीमा उजुरी गर्न पुगेपछि विवाद बाहिर आएको हो । प्रहरीमा मिलापत्र भएपनि शिल्पाले सम्बन्ध विच्छेदको प्रकृया बढाएकी थिइन् । तर, दुबै जनाले मिडिया मार्फन नै एकअर्कोमाथी दोष थुपारिरहेका थिए ।
क्याटेगोरी : कला र मनोरञ्जन, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #chhabi ra silpa
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्