जारी भयो छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं ८ साउन । काठमाडौं जिल्ला अदालतले नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता छविराज ओझाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको छ। काठमाडौं प्रहरी परिसरमा शिल्पा र छबीका बिरुद्ध बहुबिवाहको जाहेरी दर्ता भएपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीले पक्राउ गर्न आवश्यक अनुसन्धान अगाडि बढाएको छ । छविकी जेठी श्रीमतीले बहुविवाहको मुद्धा दर्ता गराएकी हुन्। छविले शिल्पालाई चौथो श्रीमतीका रुपमा बिबाह गरेका थिए । तीन वर्षअघिदेखि सँगै रहेका छवि र शिल्पाले केही महिना अघि विवाह दर्ता गरेका थिए। केही साता अघि आफूलाई छविले घरेलु हिंसा गरेको भन्दै शिल्पा प्रहरीमा उजुरी गर्न पुगेपछि विवाद बाहिर आएको हो । प्रहरीमा मिलापत्र भएपनि शिल्पाले सम्बन्ध विच्छेदको प्रकृया बढाएकी थिइन् । तर, दुबै जनाले मिडिया मार्फन नै एकअर्कोमाथी दोष थुपारिरहेका थिए ।
क्याटेगोरी : कला र मनोरञ्जन, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #chhabi ra silpa
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्