संसदमा बाढी पहिरो र डुवानबारे छलफल, भारतसँग कुरा गर्न देउवाको आग्रह
काठमाडौं ८ साउन । प्रतिनिधिसभामा प्रमुख दलहरुको सहमतिपछि बाढी पहिरो सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावबारे छलफल भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढी पहिरो र विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो । सो प्रस्तावमाथि राष्ट्रिय जनता पार्टी नेपालले समर्थन जनाएको छ । कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रस्ताव पेश गर्दै विपदका बेला सरकार जनतातिर फर्किनुपर्ने बताए । उनले संसदले पनि सरकारलाई जनतातिर फर्काउने काम गर्नुपर्ने बताए । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले बाढी पहिरोको रोकथाममा सरकारले झारा टार्ने काम मात्र गरेको आरोप लगाए । दुई तिहाइ बहुमतको सरकारले पनि विपदको समयमा प्रभावकारी रुपमा रोकथाम गर्न नसकेको आरोप उनको थियो । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बाढी र डुवान समस्याको स्थायी समाधानका लागि सरकारले भारतसँग कुटनीतिक पहल गर्न सुझाव दिएका छन् । बाढी र डुवानका बेला एकले अर्कालाई दोष दिएर मात्र समस्या समाधान नहुने भन्दै उनले डुवान र बाढीको समस्या अन्त्य गर्न भारतसँग कुटनीतिक स्तरमा संवाद गरेर स्थायी समाधान खोज्नुपर्ने समय आएको बताए । संसदमा बाढी पहिरोबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्दै सभापति देउवाले भारतको पनि केही समस्या भए नेपालले समाधान गर्नुपर्ने बताए । बाढी र डुवान प्रभावित धेरै जिल्ला आफूले भ्रमण गरेको भन्दै देउवाले डुवान प्रभावित कतिपय क्षेत्रमा स्थानीय सरकार समेत पुग्न नसकेको आरोप लगाए । ‘घरविहीन भएकालाई खाद्यान्न लत्ताकपडा दिने र ओत दिने काम सरकारको भएको भन्दै विदेशी एनजिओले गरेको जिकिर गरे । छलफलमा सहभागि हुदै सांसदहरुले सरकारले बाढी, डुवान र पहिरो पिडितलाई उचित राहात दिन नसकेको गुनासो गरेका छन् । उनीहरुले सरकार तत्काल प्रभावित क्षेत्रका सर्वसाधारणलाई राहात पुर्याउन आग्रह गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #samsad
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्