निर्मला हत्याको एक बर्षमा चार वटा समिति गठन, अनुसन्धान शुन्य
काठमाडौं ७ साउन । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक बर्ष पुग्न लाग्दा पनि अझै हत्यारा पहिचान भएको छैन । गत साउन १० गते बलात्कारपछि हत्या भएकी निर्मलाको छानविनका लागि चार वटा समिति बनाइएपनि अनुसन्धान बिसको उन्नाइस भएको छैन्् । घटनाको प्रभावकारी अनुसनधान नहुनु त छदै छ राज्यका माथिल्ला निकायमा बसेकाहरु समेत आउदा दिनमा दोहोरिनसक्ने यस्ता घटनाप्रति गम्भिर देखिएका छैनन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाम निवासी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अझै रहस्यमै छ । सरकार तथा बिभिन्न निकायबाट अनुसन्धान र छानविनका लागि चार वटा समिति समेत बने । तर, ती समिति घटनास्थल पुग्ने र फर्किने बाहेक केही नयाँ तथ्य पत्ता लगाउन सकेनन् । सरकारले गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानविन समितिले बुझाएको प्रतिबेदनमा के उल्लेख गरिएको छ भन्ने समेत बाहिर आउन सकेको छैन् । त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयले तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा छुट्टै समिति पनि गठन ग¥यो । तर, ती प्रतिबेदनले कुनै रहस्य बाहिर ल्याउन सकेनन् । अझ् हत्यारा पक्राउ गर्न पटक–पटकको आन्दोलनको दवावलाई गृहमन्त्री रामबहादुर थापा राजनीतिक रंग देख्छन् । निर्मला पन्त हत्या प्रकरणलाई लिएर प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले नै केही दिनमा हत्यारा सार्वजनिक गर्ने अभिब्यक्ती पनि दिए । प्रहरीले समेत बिभिन्न ब्यक्तीहरुलाई अनुसन्धानकै क्रममा हत्यारा पक्राउ गरिसकेको दाबी समेत ग¥यो । तर, बर्ष दिन पुग्न लाग्दा पनि हत्यारा कहाँ छन् कसैलाई पत्तो छैन् । अझ् गृहमन्त्री थापा त यो पहिलो घटना नभएको र आगामि दिनमा पनि यस्ता घटना दोहोरिन सक्ने अभिब्यक्ती दिन्छन् । निर्मला पन्त हत्या प्रकरणमा पहिलो पटक घटनास्थलमा पुगेको प्रहरी टोलीले नै अनुसन्धानमा गम्भिर लापरवाही गरेको भन्दै प्रहरी उच्च अधिकारी नै कारवाहीमा परे । प्रहरीले नै प्रमाण नष्ट गर्न अनेक तरिका किन अपनायो त्यो भने अझ्ै खुल्न सकेको छैन् । निर्मला हत्या भएको एकबर्ष पुग्न लाग्दा समेत घटना रहस्यमय हुनुले अनुसन्धान प्रक्रिया माथी नै आशंका बढाइदिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विचार/लेख
ट्याग : #nirmala panta
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्