कालिका कन्ट्रक्सनले अलपत्र बनायो बागमती करिडोर, काठमाडौं डुवानमा पार्ने कन्ट्रक्सन किन पर्दैन कालो सूचीमा ?

काठमाडौं ६ साउन । बागमती सभ्यता एकिकृत विकास परियोजना अन्र्तगतको बागमती करिडोर बनाउने काम अलपत्र परेको छ । करिव २० बर्षदेखि सुरु भएको बागमती करिडोरको आयोजना पछिल्लो समय कालिका कन्ट्रक्सनको लापरबाहीले अलपत्र परेको हो । बागमतीलाई पुरानै बहावको स्थितिमा फर्काउने र हराभरा बनाउने लक्ष्यसहित सुरु गरिएको बागमती ब्यूटिफिकेसन आयोजना अन्तर्गतको ठेक्कामा हालिमुहाली गरिरहेको कालिका कन्ट्रक्सनकै कारण बर्षादको समयमा नदी आसपासको बस्ती पनि डुबानमा पर्दै आएको छ ।
सन् २०१७ मा २७ महिनाको समयसिमा राखेर कालिका कन्ट्रक्सनलाई करिब १ अर्ब ९२ करोड लागतको बागमती ब्यूटिफिकेसनको ठेक्का दिइएपनि आयोजनाको काम निक्कै सुस्त छ । बन्द तथा निर्माण सामाग्री अभावलाई कारण देखाउँदै थपिएको ठेक्काको म्याद गुजारेर ३५ देखि ४० प्रतिशत मात्रै काम सम्पन्न गरेको ठेकेदार पक्षलाई बागमती सभ्यता एकिकृत विकास परियोजनाले काँध थापिरहेको छ । आयोजनाले आर्थिक हिसाबकिताब मिलाएर म्याद थप्दै बागमती ब्यूटिफिकेसनका नाममा ठूलो रकमको अपचलन गर्न खोजिएको कतिपय बागमती सफाई अभियन्ताको आरोप पनि छ । ठेकेदार पक्ष आफै अर्थात पूर्व मन्त्री समेत कालिका कन्ट्रक्सनका बिक्रम पाण्डेले मुआब्जा माग्दै स्थानीयले काममा अवरोध गरेको बाहानाबाजी गराएर ‘बागमति ब्यूटिफिकेसन’को काममा ढिलाई गरेको आरोप पनि कतिपयले लगाउँदै आएका छन् ।
दुईबर्ष अघि बाग्मती नदीलाई पुरानै शैलिमा फर्काउने र हराभरा बनाउने उद्देश्यसहित निर्माण कार्य थालिएको बाग्मती करिडोर निर्माणको कामले गति नलिएको बारे परियोजना समेत बेमतलबी देखिएको छ । गोकर्ण ब्यारेजदेखि जोरपाटी पुलसम्म नदीको चौडाई ३५ मिटर, त्यहाँदेखि गुह्येश्वरीसम्म ४० मिटर र गुहेश्वरीदेखि सिनामंगलसम्मको क्षेत्रमा करिव ३० मिटर चौडाई बनाएर पानीको बहाब प्रतिसेकेन्ड साढे ४ सय बनाउने, दायाँबाया हरित उद्यान निर्माण गर्ने योजनासहित बाग्मती ब्यूटिफिकेसनको काम शुरु गरिएकोमा ठेक्कको समयसिमा गुजार्दा पनि काममा उल्लेख्य प्रगती हुन सकेको छैन ।
यता, अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समिति भने एकसय ८८ रोपनी जग्गाको मुआब्जा बिवादले काम अलपत्र परेको बताउँछ । कामको सुस्तता र बेवास्ताले भने यहाँ निर्माण पक्ष अनि परियोजनाकै आर्थिक साँठगाँठमा समय सिमा लम्याएर चलखेल गर्ने खेल भएको स्थानीय बताउँछन् ।
बागमती मुहान देखि चोभारसम्मको १८ किलोमिटर बाग्मती किनार दुबै तर्फ बनाउनुपर्नेछ । जसको समय सिमा सकिएपनि पैसा र कमिसन बाडेर आयोजनाका कर्मचारीलाई हातमा लिई पटक–पटक म्याद थप्ने र अझै पनि काममा ढिला सुस्ती गरेर समयसिमा लम्ब्याउने खेल भैरहको छ । यो खेलमा गोकर्णदेखी सिनामंगल पुलसम्मको ठेक्का लिएको कालिका कन्ट्रक्सन सबैभन्दा अग्र स्थानमा देखिएको छ ।
असारको पानी र बाढीले काठमाडौ डुवाएपछि भने थुपै्रले बाग्मती करिडोर बनाउन गरिएको ढिलाईले काठमाडौं डुबानमा सघाएको बताएका थिए । हुनत कालिका कन्ट्रक्सनले हात हालेका जलसँग सम्बन्धित बिगतका आयोजनामा पनि समस्या देखिदै आएको छ । बहुचर्चित राष्ट्रिय गौरवको योजना सिक्टा सिचाई आयोजना होस् वा बीरगंज र विराटनगर ढलको काम । यी सबै ठेक्कमा कालिकाले बद्मासी गरेको छ । आर्थिक प्रलोभन र राजनीतिक शक्तिका आडमा ठेक्का हात पारेको कालिकाले अधिकांश ठेक्का लथालिङग छाड्दा पनि ठेक्का प्रक्रियामा सहभागिता पाइरहनु देशकैलागी दुर्भाग्यपुर्ण छ । दुई बर्षमा आयोजना पूरा भई सक्नुपर्नेमा १७ प्रतिशत मात्रै काम, यस्तै ठेकेदारलाई पटक—पटक म्याद थपेर ठेक्का लम्ब्याउने खेल । सरकारी पैसा पेश्की लिएर काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गर्ने र कालो सूचीमा राख्ने प्राबधान भएपनि पटक—पटक काम बिगार्ने कालिका कन्ट्रक्सनलाई प्रोत्साहन किन ? आफैले स्थानीय उचाल्ने, काम नगरेर कमिसनको खेल खेल्ने ठेकेदार कम्पनीमाथी कारबाही गर्नुपर्ने माग पनि उठिरहेको छ, यतिबेला ।२०२१ सालको नापी अनुसार बाग्मती नदी नागबेली शैलीमा १५ मिटरको क्षेत्रमा थियो । तर पछि यसको क्षेत्रलाई सिधा बनाएर ४० मिटरको क्षेत्रमा वारपार रहनेगरी करिडोर निर्माण कार्य थालियो । यो अभियानले गति नलिएको बारे बागमती सफाई अभियन्ता र काठमाडौंबासीले पटक—पटक चासो राख्दा पनि सुनुवाई भएको छैन । ब्युटिफिकेसन निर्माण गर्ने क्रममा स्थानीयको जग्गा जबरजस्ती नदीमा पारिएको हो वा परियोजना र ठेकेदार पक्षले बद्मासी गरेका हुन् । यसबारे गम्भिर समिक्षा हुनुपर्छ । विवादका कारण काम अघि नबढेको बहानाबाजीमा बागमतीको काम रोकिदा दातृ निकायले सहयोग रोक्ने चेतावनी पनि दिदै आएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #bagmati karidor
ताजा खबर
- १डा.बाबुराम भट्टराईले किन दिए कुकुरले घाँस खाने अभिब्यक्ती ?
- २गगन थापाको प्रस्तावः निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ
- ३निजामती कर्मचारी संगठनको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, रेवन्त गौतम र भवानी दाहाल प्रतिष्पर्धामा
- ४ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
- ५मःम पसलको ग्यास विस्फोट घटनाः अर्का एक जना घाइतेको पनि मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्